प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिताका २०८१ का सम्पुर्ण खेल लुम्बिनी प्रदेशमा हुने भएका छन् । फागुन २५ गते देखि चैत १६ सम्म गते देखी लुम्बिनी प्रदेशको दाङमा रहेको लमही क्रिकेट मैदान, रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमामा रहेको एक्ट्राटेक ओभल क्रिकेट मैदानमा हुने भएको हो ।
क्रिकेट एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले काठमाडौँ बाहिर क्रिकेटका लागि भौतिक पूर्वाधारले सम्पन्न प्रदेशको रूपमा लुम्बिनी प्रदेश भएको कारणले गर्दा लुम्बिनी प्रदेश उपयुक्त रहेको जानकारी दिए । यस पटक चन्दले ७ प्रदेश र ३ विभागीय गरी जम्मा १० टिमको सहभागिता रहने जानकारी दिए । चन्दले भने, “रुपन्देही जिल्ला क्रिकेटको उर्वरा भूमिको रूपमा रहेको छ, यहाँ अन्तर्राष्ट्रिय स्तरको खेल गराउने हाम्रो लक्ष रहेको छ, हामी त्यसका लागि पहल गरिरहेका छौ । १६ खेल रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला, १५ खेल एक्ट्राटेक ओभल र १४ खेल देउखुरी क्रिकेट स्टेडियम हुनेछ ।
त्यस्तै रुपन्देही क्रिकेट सङ्घको अध्यक्ष हरि बहादुर थापाले आगामी खेलका लागि मैदानको तयारी र पूर्वाधार निर्माणमा लागि परेको बताए। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब, ए पि अफ र आर्मी रहेका छन् । सिद्धार्थ क्रिकेट रङ्गशालामा कोशी र लुम्बिनी बिच हुनेछ त्यस्तै एक्ट्राटेक ओभलमा बाग्मती र ए पि अफ बिच हुनेछ भने लमहीमा कर्णाली र सुदूरपश्चिम बिच पहिलो खेल हुनेछ ।
विगतका वर्षमा जस्तै यो वर्ष पनि तीव्रताका साथ व्यवस्थापनको काम अघि बढिरहेको जानकारी दिए। रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा गत वर्ष प्रधानमन्त्री कपको आयोजना भएको थियो । लमही क्रिकेट मैदान र एक्ट्राटेक ओभलमा क्रिकेट स्टेडियममा भने पहिलो पटक हुन लागेको हो ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












