ताजा समाचार

आजदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आज (आइतबार) देखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ । पहिलो खेल उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबिछ हुनेछ ।

प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाएका छन् । आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड विदेशी टोलीको रूपमा सहभागिता जनाएका छन् ।

यसबाहेक एपीएफ एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी ओली एफसी, न्यूरोड टिम र मच्छिन्द्र एफसी सहभागी छन् । पहिलो सेमिफाइनल फागुन १६ र दोस्रो सेमिफाइनल फागुन १७ गते हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org