ठोरी नाका बन्द हुँदा भारतीय पर्यटक प्रभावित
काठमाडौं। पर्साको ठोरीमा रहेको छोटी भन्सार नाका २ महिना देखि बन्द हुँदा ठोरी र चितवनको माडी घुम्न आउने भारतीय पर्यटकहरू प्रभावित भएका छन् । गत पुस १७ गते देखि ठोरी नाका बन्द हुँदा निकुञ्ज र जङ्गल सफारी गर्न आउने भारतीय पर्यटकहरू प्रभावित भएका हुन् ।
भारतको बेतिया, नरकटियागन्ज , लगायतका क्षेत्रबाट नेपाल घुम्न आउने पर्यटकहरूको लागि ठोरीको छोटी भन्सार सहज मार्ग थियो तर गत पुस १७ गतेदेखि भन्सारको सेवा बन्द भएपछि अहिले यो बाटो भएर नेपाल भित्रिने भारतीय पर्यटक उतै रोकिन बाध्य भएको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिए ।
भन्सार सेवा बन्द भएपछि भारतीय पर्यटक आउनै छाडेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । “छोटी भन्सार भए पनि त्यतैबाट सवारीसाधनको अनुमति लिन पाइन्थ्यो । ती पर्यटक ठोरी हुँदै माडीसम्म पुगेर तीन/चार दिनसम्म बस्थे,” उनले भने, “भन्सारको सेवा बन्द भएसँगै भारतीय गाडी आउन नपाउँदा यहाँका व्यवसायीमा प्रत्यक्ष असर परेको छ ।”
सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन भारतीय पर्यटक भित्र्याउन यो भन्सार खोलिएको थियो । एक वर्षअघि कार्यालय स्थापना गरेर खोलिएको भन्सार एकाएक बन्द भएपछि यसको प्रत्यक्ष असर पर्यटन व्यवसायमा परेको हो । भन्सार खुलेकै कारण ठोरी र माडीमा करोडौँ लगानी गरेर खोलिएका तीन वटा ठुला होटेल पनि अहिले समस्यामा छन् ।
ठोरी भन्सार बन्द भएपछि यहाँ आउने पर्यटक वीरगन्जबाट वा सुनौलीबाट नेपाल भित्रिन बाध्य भएका छन् । चितवनबाट सबैभन्दा नजिकको नाका ठोरी हो । ठोरीमा अझै चितवन आसपास र गण्डकी प्रदेशका पहाडी भूभागका बासिन्दाहरू दैनिक उपभोग्य सामान लिन जाने गर्दछन् । ठोरीमा विसं २०२५ साल अघिसम्म भन्सार कार्यालय सञ्चालनमा थियो तर पछिल्ला वर्षमा यो क्रम टुटेको थियो । अहिले त्यो पुनः टुटेकोमा स्थानीय चिन्तित छन् ।
वीरगन्ज भन्सार कार्यालय वीरगन्जका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले छोटी भन्सारमा निकै कम मात्रै सवारीसाधनले अनुमति लिने हुँदा हटाएको बताउनुभयो । दिनमा तीन/चार वटा गाडीलाई मात्रै पास दिएर कर्मचारीलाई काम दिन सकिने अवस्था एकातिर थिएन भने अर्कातर्फ भन्सार विभागले एक वर्षलाई मात्रै सो सेवाको अनुमति दिएको थियो । त्यो सन् २०२४ डिसेम्बरमै सकिएकाले अङ्ग्रेजी क्यालेन्डरको नयाँ वर्ष लागेसँगै कार्यालय बन्द भएको लामिछानेले बताए।
Comments
अरु समाचार
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












