ठोरी नाका बन्द हुँदा भारतीय पर्यटक प्रभावित
काठमाडौं। पर्साको ठोरीमा रहेको छोटी भन्सार नाका २ महिना देखि बन्द हुँदा ठोरी र चितवनको माडी घुम्न आउने भारतीय पर्यटकहरू प्रभावित भएका छन् । गत पुस १७ गते देखि ठोरी नाका बन्द हुँदा निकुञ्ज र जङ्गल सफारी गर्न आउने भारतीय पर्यटकहरू प्रभावित भएका हुन् ।
भारतको बेतिया, नरकटियागन्ज , लगायतका क्षेत्रबाट नेपाल घुम्न आउने पर्यटकहरूको लागि ठोरीको छोटी भन्सार सहज मार्ग थियो तर गत पुस १७ गतेदेखि भन्सारको सेवा बन्द भएपछि अहिले यो बाटो भएर नेपाल भित्रिने भारतीय पर्यटक उतै रोकिन बाध्य भएको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिए ।
भन्सार सेवा बन्द भएपछि भारतीय पर्यटक आउनै छाडेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । “छोटी भन्सार भए पनि त्यतैबाट सवारीसाधनको अनुमति लिन पाइन्थ्यो । ती पर्यटक ठोरी हुँदै माडीसम्म पुगेर तीन/चार दिनसम्म बस्थे,” उनले भने, “भन्सारको सेवा बन्द भएसँगै भारतीय गाडी आउन नपाउँदा यहाँका व्यवसायीमा प्रत्यक्ष असर परेको छ ।”
सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन भारतीय पर्यटक भित्र्याउन यो भन्सार खोलिएको थियो । एक वर्षअघि कार्यालय स्थापना गरेर खोलिएको भन्सार एकाएक बन्द भएपछि यसको प्रत्यक्ष असर पर्यटन व्यवसायमा परेको हो । भन्सार खुलेकै कारण ठोरी र माडीमा करोडौँ लगानी गरेर खोलिएका तीन वटा ठुला होटेल पनि अहिले समस्यामा छन् ।
ठोरी भन्सार बन्द भएपछि यहाँ आउने पर्यटक वीरगन्जबाट वा सुनौलीबाट नेपाल भित्रिन बाध्य भएका छन् । चितवनबाट सबैभन्दा नजिकको नाका ठोरी हो । ठोरीमा अझै चितवन आसपास र गण्डकी प्रदेशका पहाडी भूभागका बासिन्दाहरू दैनिक उपभोग्य सामान लिन जाने गर्दछन् । ठोरीमा विसं २०२५ साल अघिसम्म भन्सार कार्यालय सञ्चालनमा थियो तर पछिल्ला वर्षमा यो क्रम टुटेको थियो । अहिले त्यो पुनः टुटेकोमा स्थानीय चिन्तित छन् ।
वीरगन्ज भन्सार कार्यालय वीरगन्जका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले छोटी भन्सारमा निकै कम मात्रै सवारीसाधनले अनुमति लिने हुँदा हटाएको बताउनुभयो । दिनमा तीन/चार वटा गाडीलाई मात्रै पास दिएर कर्मचारीलाई काम दिन सकिने अवस्था एकातिर थिएन भने अर्कातर्फ भन्सार विभागले एक वर्षलाई मात्रै सो सेवाको अनुमति दिएको थियो । त्यो सन् २०२४ डिसेम्बरमै सकिएकाले अङ्ग्रेजी क्यालेन्डरको नयाँ वर्ष लागेसँगै कार्यालय बन्द भएको लामिछानेले बताए।
Comments
अरु समाचार
-
हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसद्मा सुनाउँदा हेटौँडाका...
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं । आज आईतबार कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
पूर्वाधार बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
काठमाडौं । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्षमा थपिएका...
-
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँ घटेको हो। बिहीबार प्रतितोला...
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
सुनको मूल्य हाल सम्मकै उच्च
काठमाडौं । सुनको मूल्य हाल सम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला १ लाख ७५ हजार २ सयमा कारोबार...
-
हरेक नेपालीको भागमा झण्डै ९१ हजार रुपैयाँ ऋण
काठमाण्डौ । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघेको छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६...
-
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान हुने
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने...