क्यानडाको प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा
काठमाडौं । क्यानडाको लिबरल पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको सामना गरिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा पूर्व गभर्नरलाई आफ्नो नयाँ नेताका रुपमा चयन गर्ने तयारी गरेको छ ।
बैङ्क अफ क्यानडा र बैङ्क अफ इङ्ल्यान्डका पूर्व गभर्नर मार्क कार्नीलाई आइतबार करिब चार लाख पार्टी सदस्यले अनुमोदन गरेको मतपरिणाम सार्वजनिक भएपछि लिबरल पार्टीको नयाँ नेताको रूपमा उनलाई नै चयन गरिने अपेक्षा गरिएको छ ।
अर्को मुख्य प्रतिद्वन्द्वी ट्रुडोकी पूर्व उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्ड रहेकि छन् । उनी सन् २०१५ मा पहिलो पटक निर्वाचित भएको लिबरल सरकारमा क्याबिनेटका धेरै उच्च पदहरू सम्हालेकि छन्।
दुई सम्भावित उम्मेदवारमध्ये जसले जित्छ उसले ट्रुडोबाट प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नेछ तर नयाँ नेतृत्वले चाँडै नै आम चुनावको सामना गर्नुपर्नेछ । सर्वेक्षणहरूले हाल प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीलाई जित्नका कम लोकप्रिय व्यक्तिका रूपमा देखाएका छन् ।
कार्नीले ट्रुडोको क्याबिनेटका अधिकांश सदस्यहरूको समर्थन प्राप्त गरेका छन् र फ्रिल्याण्डको जीत आम चुनावतर्फ अघि बढिरहेका लिबरलहरूको लागि एक झट्का हुनेछ ।
डिसेम्बरमा नाटकीय रूपमा प्रधानमन्त्रीसँग सम्बन्ध विच्छेद भए तापनि विश्लेषकहरूका अनुसार मतदाताहरूले अझै पनि फ्रिल्यान्डलाई ट्रुडोको अलोकप्रिय रेकर्डसँग जोडेका छन् ।
कार्नी र फ्रिल्याण्ड दुवैले ट्रम्पको आक्रमणबाट क्यानडाको रक्षाका लागि आफू नै सबैभन्दा उत्तम उम्मेदवार भएको बताउँदै आएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई गाभ्ने र क्यानाडाको अर्थतन्त्रको प्राणको रूपमा रहेको द्विपक्षीय व्यापारलाई अस्तव्यस्त बनाउने विषयमा बारम्बार बोलेका छन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











