क्यानडाको प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा
काठमाडौं । क्यानडाको लिबरल पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको सामना गरिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा पूर्व गभर्नरलाई आफ्नो नयाँ नेताका रुपमा चयन गर्ने तयारी गरेको छ ।
बैङ्क अफ क्यानडा र बैङ्क अफ इङ्ल्यान्डका पूर्व गभर्नर मार्क कार्नीलाई आइतबार करिब चार लाख पार्टी सदस्यले अनुमोदन गरेको मतपरिणाम सार्वजनिक भएपछि लिबरल पार्टीको नयाँ नेताको रूपमा उनलाई नै चयन गरिने अपेक्षा गरिएको छ ।
अर्को मुख्य प्रतिद्वन्द्वी ट्रुडोकी पूर्व उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्ड रहेकि छन् । उनी सन् २०१५ मा पहिलो पटक निर्वाचित भएको लिबरल सरकारमा क्याबिनेटका धेरै उच्च पदहरू सम्हालेकि छन्।
दुई सम्भावित उम्मेदवारमध्ये जसले जित्छ उसले ट्रुडोबाट प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नेछ तर नयाँ नेतृत्वले चाँडै नै आम चुनावको सामना गर्नुपर्नेछ । सर्वेक्षणहरूले हाल प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीलाई जित्नका कम लोकप्रिय व्यक्तिका रूपमा देखाएका छन् ।
कार्नीले ट्रुडोको क्याबिनेटका अधिकांश सदस्यहरूको समर्थन प्राप्त गरेका छन् र फ्रिल्याण्डको जीत आम चुनावतर्फ अघि बढिरहेका लिबरलहरूको लागि एक झट्का हुनेछ ।
डिसेम्बरमा नाटकीय रूपमा प्रधानमन्त्रीसँग सम्बन्ध विच्छेद भए तापनि विश्लेषकहरूका अनुसार मतदाताहरूले अझै पनि फ्रिल्यान्डलाई ट्रुडोको अलोकप्रिय रेकर्डसँग जोडेका छन् ।
कार्नी र फ्रिल्याण्ड दुवैले ट्रम्पको आक्रमणबाट क्यानडाको रक्षाका लागि आफू नै सबैभन्दा उत्तम उम्मेदवार भएको बताउँदै आएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई गाभ्ने र क्यानाडाको अर्थतन्त्रको प्राणको रूपमा रहेको द्विपक्षीय व्यापारलाई अस्तव्यस्त बनाउने विषयमा बारम्बार बोलेका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












