युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
किएभ । युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी अधिकारीहरूले ३० दिने युद्धविराममा सहमति जनाएपछि उनीहरु रुसमा पनि वार्ताका लागि जान लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभएको हो ।
यसअघि, वार्तामा सहभागी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन र रुसबीचको युद्ध अन्त्य वा शान्ति सम्झौताका लागि रुसको व्यवहार र निर्णयमा भर पर्ने बताउनुभएको बीबीसीले जनाएको छ । अमेरिकाले युद्ध अन्त्यका लागि शान्ति वार्ता मात्रै एक तरिका भएको बताउँदै आएको छ । रुसले युद्धविराम प्रस्तावको अध्ययन गरिरहेको र ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको यसअघिको फोन वार्ताले पनि युद्धविराम सम्झौता सम्भव हुनसक्ने सङ्केत गरेको छ ।
साउदीको बैठकपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अब रुसलाई सकारात्मक प्रस्तावमा सहमत गराउने काम अमेरिकाको भएको बताउनुभएको छ । अमेरिकाले पनि रुसलाई शान्ति योजनामा हस्ताक्षर गर्न आग्रह गर्ने तयारी भइरहेको र युद्ध अन्त्यका लागि नजिक विन्दुमा पुगेको प्रतिक्रिया दिएको छ । रुसले प्रस्तावित युद्धविराम र थप विवरणहरूको अध्ययन गरिरहेको बताउँदै केही दिनमा आफ्नो निर्णय सार्वजनिक गर्ने बताएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











