अलैँचीको मूल्यमा गिरावट, कृषक चिन्तित
काठमाडौं । अलैँचीको मूल्यमा निरन्तर गिरावट आएसँगै संखुवासभा, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम तेह्रथुमका कृषक तथा व्यापारीहरू मारमा परेका छन् ।
दुई साता अघिसम्म प्रतिमन ४० केजीको एक लाख १५ हजारको दरले किनबेच भएको अलैँचीको एकासी मूल्यमा गिरावट आएसँगै कृषक तथा व्यवसायीहरू चिन्तित बनेका हुन । दुई सातामा जिल्लामा १९ देखि २० हजार प्रतिमनमा गिरावट आएको छ । ताप्लेजुङमा अलैँची प्रतिमान ९५ देखि ९६ हजारको दरले मात्र किनबेच भइरहेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रविर रेग्मी बताउँछन् ।
धेरै कृषकहरूले व्यापारीहरूलाई अलैँची बेचबिखन गरिसकेका छन् भने राम्रो मूल्य आउने अपेक्षामा रहेका व्यापारीहरूले अलैँची गोदममा थन्क्याएर कारण पनि व्यवसायी मारमा परेका अलैँची व्यवसायीहरू बताउने गरेका छन् ।
अलैँचीको देश बाहिरबाट कम माग आएका कारण निर्यात हुन समस्या भएको अध्यक्ष रेग्मी बताउँछन् । भदैको पहिलो साता देखि बजारमा नयाँ अलैँची निस्कन थालेको समयदेखि लगातार बढेको अलैँची दुई साता यता ओरालो लागेको हो ।
लामो समयपछि यसवर्ष मूल्य ह्वात्तै बढेकाले अलैँचीबाट उत्पादक किसान तथा स्थानीय व्यापारीले राम्रै फाइदा पनि लिएका भएपनि हाल मूल्य घट्न थालेपछि अलैँची बिक्री नगरी राख्ने किसान तथा व्यापारी थप मारमा परेको समेत अध्यक्ष रेग्मी बताउँछन् ।
ताप्लेजुङमा प्रमुख नगदेबालीका रूपमा अलैँची जिल्लाको कुल चार हजार तिन सय चार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट यस वर्ष दुई हजार ५४०.६५ मेट्रिक टन अलैँची उत्पादन भएको पनि कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।
नेपालका ४२ भन्दा बढी जिल्लामा अलैँची खेती हुने गरेको कोशी प्रदेशको ताप्लेजुङ सहित पाँचथर, इलाम,तेह्रथुम, धनकुटा,सङ्खुवासभा, खोटाङ जिल्लामा धेरै हुने गरेको पाइन्छ । अलैँचीको खेती समुन्द्र सतहबाट ७०० देखी २१०० मिटर सम्म हुने गरेको छ । तर ६०० मिटर मुनी र २३०० मिटर माथी समेत भएको पाइन्छ । अलैँची खेतीको लागि उपयुक्त तापक्रम १० देखी २५ डिग्री सेन्टिग्रेड हुने पहाडी क्षेत्र हो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











