अलैँचीको मूल्यमा गिरावट, कृषक चिन्तित
काठमाडौं । अलैँचीको मूल्यमा निरन्तर गिरावट आएसँगै संखुवासभा, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम तेह्रथुमका कृषक तथा व्यापारीहरू मारमा परेका छन् ।
दुई साता अघिसम्म प्रतिमन ४० केजीको एक लाख १५ हजारको दरले किनबेच भएको अलैँचीको एकासी मूल्यमा गिरावट आएसँगै कृषक तथा व्यवसायीहरू चिन्तित बनेका हुन । दुई सातामा जिल्लामा १९ देखि २० हजार प्रतिमनमा गिरावट आएको छ । ताप्लेजुङमा अलैँची प्रतिमान ९५ देखि ९६ हजारको दरले मात्र किनबेच भइरहेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रविर रेग्मी बताउँछन् ।
धेरै कृषकहरूले व्यापारीहरूलाई अलैँची बेचबिखन गरिसकेका छन् भने राम्रो मूल्य आउने अपेक्षामा रहेका व्यापारीहरूले अलैँची गोदममा थन्क्याएर कारण पनि व्यवसायी मारमा परेका अलैँची व्यवसायीहरू बताउने गरेका छन् ।
अलैँचीको देश बाहिरबाट कम माग आएका कारण निर्यात हुन समस्या भएको अध्यक्ष रेग्मी बताउँछन् । भदैको पहिलो साता देखि बजारमा नयाँ अलैँची निस्कन थालेको समयदेखि लगातार बढेको अलैँची दुई साता यता ओरालो लागेको हो ।
लामो समयपछि यसवर्ष मूल्य ह्वात्तै बढेकाले अलैँचीबाट उत्पादक किसान तथा स्थानीय व्यापारीले राम्रै फाइदा पनि लिएका भएपनि हाल मूल्य घट्न थालेपछि अलैँची बिक्री नगरी राख्ने किसान तथा व्यापारी थप मारमा परेको समेत अध्यक्ष रेग्मी बताउँछन् ।
ताप्लेजुङमा प्रमुख नगदेबालीका रूपमा अलैँची जिल्लाको कुल चार हजार तिन सय चार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट यस वर्ष दुई हजार ५४०.६५ मेट्रिक टन अलैँची उत्पादन भएको पनि कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।
नेपालका ४२ भन्दा बढी जिल्लामा अलैँची खेती हुने गरेको कोशी प्रदेशको ताप्लेजुङ सहित पाँचथर, इलाम,तेह्रथुम, धनकुटा,सङ्खुवासभा, खोटाङ जिल्लामा धेरै हुने गरेको पाइन्छ । अलैँचीको खेती समुन्द्र सतहबाट ७०० देखी २१०० मिटर सम्म हुने गरेको छ । तर ६०० मिटर मुनी र २३०० मिटर माथी समेत भएको पाइन्छ । अलैँची खेतीको लागि उपयुक्त तापक्रम १० देखी २५ डिग्री सेन्टिग्रेड हुने पहाडी क्षेत्र हो ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












