जनआस्थाविरुद्ध मुद्धा हालेका विनोद चौधरीको फेरि लज्जास्पद हार
काठमाडौं । विवादास्पद अर्बपति व्यवसायी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले फेरि पनि जनआस्था प्रकाशन प्रालिसँग मुद्धा हारेका छन् । जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठसहितलाई विपक्षी बनाएर दायर गरिएको पछिल्लो मुद्दामा दाबी नपुग्ने फैसला ललितपुर जिल्ला अदालतले गरेपछि चौधरी फेरि हिस्स भएका हुन् ।
जिल्ला अदालतका एक नम्बर न्यायाधीश पुनाराम खनालको इजलासले मुद्धामा आइतबार दाबी नपुग्ने फैसला सुनाएको हो । जनआस्थाले गत असार २४ गते ‘लिम्चुङबुङमा पहिले मदिरा, अहिले वाइवाइ बर्जित’ शीर्षकमा समाचार प्रकाशितत गरेको थियो । सो समाचारविरुद्ध चौधरीको सिजी फुड्स नेपालको तर्फबाट अधिकार प्राप्त व्यक्ति मन्दिरा गौतमले गत साउन १५ गते अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
उदयपुर लिम्चुङबुङ गाउँपालिकाको १८ औं कार्यपालिका बैठकले सिसाजन्य मदिरा तथा पेयपदार्थहरुमा रोक लगाउने निर्णय गरेको थियो । गाउँपालिका अध्यक्ष मेजरकुमार राईले दोस्रो चरणमा चाउचाउलगायतका ‘जंकफुड’ मा प्रतिबन्ध लगाउने बताएका थिए । पैसासँगै स्वास्थ्यमा पनि गम्भीर असर पुग्ने बताउँदै उनले चाउचाउको बिक्री वितरणमा निषेध गर्ने जानकारी दिएका थिए । त्यसै समाचारबाट आफ्नो गाली बेइज्जती भएको चौधरीको फिराद थियो ।
आफू र कम्पनीविरुद्ध समाचार छापेको निहुँमा चौधरीले जनआस्थाविरुद्ध जति पनि मुद्धा हालेका छन्, त्यसमा हार्दै आएका छन् । प्रमाण नपुग्ने विषयमा मुद्दा हालेर दुःख दिँदै आएका चौधरीले पछिल्लो पटक हालेको मुद्दामा पनि लज्जास्पद हार व्यहोरेका हुन् ।
Comments
अरु समाचार
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...











