विश्व गाजामा इजरायलद्वारा भीषण हवाई आक्रमण, तीन सय ३० भन्दा बढी मारिए
काठमाडौं । मंगलबार बिहानैदेखि गाजा पट्टीमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा अहिलेसम्म ३ सय ३० भन्दा बढी मारिएका छन् ।
इजरायली सेनाले शक्तिशाली र आक्रामक आक्रमण सुरु गरेको छ । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इजरायली आक्रमणमा परी ३३० भन्दा बढी मारिएका छन् । जसमा हमासका वरिष्ठ अधिकारीसमेत रहेका छन् ।
हमासले ज्यान गुमाउनेमध्ये उक्त भू–भागमा कार्यरत आफ्ना एक वरिष्ठ सुरक्षा अधिकारी मोहम्मद अबु वफासहित चार जना रहेको बताएको छ । इजरायलले हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्यूजलाई बताएकी छन् ।
एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै इजरायल सरकारले अमेरिकालाई हमला गर्नुअघि त्यस विषयमा जानकारी दिएको पुष्टि गरेका छन् ।
एउटा विज्ञप्तिमा इजरायलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ ।
उक्त प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो। हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ।
हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ । उसले सो हमलाले बाँकी इजरेली बन्धकको भविष्यलाई अन्योलपूर्ण बनाएको पनि जनाएको छ ।
Comments
अरु समाचार
-
नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण,सचेतनाका लागि अनलाइन कक्षा सञ्चालन !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा...
-
हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...












