प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूका प्रश्नकाे जवाफ दिने
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि सदनमा दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
मन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
Comments
अरु समाचार
-
तिनकुने हिंसामा निधन भएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग
काठमाडौं । ‘तीनकुने हिंसा’ परी निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन् ।...
-
आर्मीलाई हराउँदै पुलिस बन्यो प्रधानमन्त्री कप च्याम्पियन
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले...
-
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने
काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक...
-
उच्च न्यायिक छानबिन आयोग बनाएर तीनकुने घटनाको छानबिन गर्न रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत १५ गते तीनकुने क्षेत्रमा घटेको घटनामा संलग्नहरूमाथि कारबाही सुनिश्चित गर्न उच्च न्यायिक...
-
पर्दापछि ज्ञानेन्द्र शाहकै हात छ, सरकारले कडा कदम चाल्नुपर्छः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिक्रिया दिँदै पर्दा पछाडि ज्ञानेन्द्र...
-
पत्रकार हत्याविरुद्ध माइतीघरमा पत्रकार महासंघको प्रदर्शन
काठमाडौं । शुक्रबार पूर्वराजावादी समर्थकहरुले गरेको विरोधप्रदर्शनका क्रममा जलेर एक पत्रकारको निधनको विरोधमा पत्रकार महासंघले माइतीघर मण्डलामा कार्यक्रम गरेको छ।...
-
नयाँ रणनीति तय गर्न समाजवादी मोर्चाको बैठक सुरु
काठमाडौं । शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको समाजवादी मोर्चाले नयाँ रणनीति तय गर्न बैठक सुरु गरेको छ । नेकपा एसको केन्दीय...
-
प्रदर्शन भड्काएर सटरमा लुके दुर्गा प्रसाई
काठमाडाैं । राजावादी प्रदर्शनको क्रममा भीड उत्तेजित बनाएर आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाई सटरमा लुकेको खुलेको छ । अराजकता भड्काएपछि...
-
शनिवार राजावादी प्रदर्शन देखिए शुरुमै दमन !
काठमाडाैं । सरकारले राजावादी प्रदर्शन र कुनैपनि गतिविधिमा निर्मम बन्ने निर्णय गरेको छ । शुक्रबार काठमाडाैंको तीनकुने र आसपासको क्षेत्रमा...