ताजा समाचार

गाजामा इजरायली बम विस्फोट २५ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । प्यालेस्टिनी स्रोतहरूका अनुसार गाजा शहरको सब्रा छिमेकमा रहेको एक घरमा बुधवार इजरायली बम विस्फोटमा कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ ।

अन्य दर्जनौं घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले बताएका छन् । प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् ।

सुरक्षा स्रोतहरूले इजरायली युद्धविमानहरूले कम्तिमा एउटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । इजरायली सेनाले मंगलवार बिहानदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तिब्र हवाई आक्रमण शुरु गरेको छ ।

जसमा ४ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दुई महिनाको युद्धविराम भंग भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org