सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् ।
अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली उज्वेकिस्तान जाने भएको हो ।
दुई हप्ता लामो भ्रमण टोलीमा प्रमुख चार राजनीतिक दलबाट एक–एक जना सदस्य छन् । जसमा नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद सोविता गौतम सभामुखसँगै उज्वेकिस्तान जाने छन् ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि टोलीमा हुनेछन् ।
उक्त टोली भ्रमण सकेर आगामी वैशाख २ गते मात्र स्वदेश फर्किने कार्यतालीका रहेको छ ।
Comments
अरु समाचार
-
कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरुलाई एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले)ले संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरुलाई आग्रह गरेको छ । पार्टी...
-
नेपालमा सामाजिक सुरक्षाका कार्यक्रमको दायित्व वृद्धिदर उच्च
काठमाण्डाै । नेपालमा सामाजिक सुरक्षाका कार्यक्रमको दायित्व वृद्धिदर उच्च बनेको छ । विश्व बैंकको सामाजिक संरक्षण प्रतिवेदन अनुसार आर्थिक वर्षा...
-
थप अनुसन्धान गर्न रवीन्द्र र धवललाई ५ दिनको म्याद थप
काठमाडौं । राजावादीहरुको प्रदर्शनबाट भएको घटनालगायतका विषयबारे अनुसन्धानका लागि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर...
-
दुर्गा प्रसाईंले प्रहरीसँग मागे माफी, भने- म भागेको छैन
काठमाडौं । चैत १५ गते वानेश्वरमा राजावादी प्रर्दशनलाई हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका राजावादी प्रर्दशनका कमाण्डर दुर्गा प्रसाईंले भिडियो मार्फत...
-
तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई...
-
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले...
-
काठमाडौं महानगरले पठाएको जरिवाना पत्र बुझ्न ज्ञानेन्द्रले गरे अस्वीकार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । गत चैत १५ गते शुक्रबार...
-
म्यानमार भूकम्प: मृतकको संख्या १ हजार ६४४ पुग्यो
बर्मा । म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ । तीन...
-
पूर्वराजा शाहको सुरक्षा सेट परिवर्तन, संख्या घटाइयो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सुरक्षाकर्मीको संख्या परिवर्तन गरिएको छ । सरकारले सशस्त्र प्रहरी बलको सेट नै परिवर्तन...