वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्धत छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकारले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ।
हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित केही नेपाली तथा विदेशी सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै यस्तो प्रतिबद्धता जनाएको हो ।
पार्टी महासचिव शङ्कर पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका भनेर प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
यस्ता समाचारहरूले अनावश्यक सनसनी फैलाउने मात्र नभई नेपाल–भारत सम्बन्धप्रति आशंका उत्पन्न गराउने दुराशय बोकेको एमालेले उल्लेख गरेको छ। परराष्ट्र नीति तथा संवेदनशील विषयहरूमा समाचार सम्प्रेषण गर्नु अघि पार्टीको आधिकारिक धारणा बुझ्न सम्बन्धित सबै सञ्चारमाध्यमहरूलाई एमालेले अनुरोध गरेको छ।
पार्टीले नेपालमा लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम निर्णय भएको पुनस् दोहोर्याएको छ। कुनै पनि लोकतान्त्रिक देश निरंकुश शासन व्यवस्थालाई प्रश्रय दिन तयार नहुने स्पष्ट गर्दै, इतिहासलाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले अस्वीकार गर्नेमा एमाले विश्वस्त रहेको जनाएको छ।
नेकपा ९एमाले० नेतृत्वको वर्तमान सरकारले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ। कुनै पनि द्विपक्षीय विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्दै दुवै देशबीचको विकास साझेदारीलाई मजबुत बनाउने एमालेको नीति रहेको छ।

Comments
अरु समाचार
-
प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ...
-
त्रिवि क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन आज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको...
-
गणतन्त्र विरुद्धको गतिविधिमा मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह: प्रमुख दलहरु
काठमाण्डौ । गणतन्त्र पक्षधर प्रमुख दलहरुले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेको गतिविधिमा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको निष्कर्ष...
-
राजावादीले भाटभटेनीमा तोडफोड र लुटपाट गर्दा ८० लाख बढीको क्षति
काठमाडौं । चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रर्दशन अराजक र हिंसात्मक बन्दा कोटेश्वरस्थित भाटभोटेनी सुपरमार्केट्समा करिब ८० लाखभन्दा...
-
कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरुलाई एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले)ले संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरुलाई आग्रह गरेको छ । पार्टी...
-
नेपालमा सामाजिक सुरक्षाका कार्यक्रमको दायित्व वृद्धिदर उच्च
काठमाण्डाै । नेपालमा सामाजिक सुरक्षाका कार्यक्रमको दायित्व वृद्धिदर उच्च बनेको छ । विश्व बैंकको सामाजिक संरक्षण प्रतिवेदन अनुसार आर्थिक वर्षा...
-
थप अनुसन्धान गर्न रवीन्द्र र धवललाई ५ दिनको म्याद थप
काठमाडौं । राजावादीहरुको प्रदर्शनबाट भएको घटनालगायतका विषयबारे अनुसन्धानका लागि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर...
-
दुर्गा प्रसाईंले प्रहरीसँग मागे माफी, भने- म भागेको छैन
काठमाडौं । चैत १५ गते वानेश्वरमा राजावादी प्रर्दशनलाई हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका राजावादी प्रर्दशनका कमाण्डर दुर्गा प्रसाईंले भिडियो मार्फत...
-
तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई...