ताजा समाचार

इटहरी सेन्टर प्लाजामा आगलागी, फसेकाको उद्धारका लागी सेनाको हेलीकप्टर पठाईयो

काठमाडौं । इटहरीको सेन्टर प्लाजा भयानक आगलागी भएको छ ।

आज बिहानबाट सुरुभएको आगालागी अझै नियन्त्रणमा आउन सकेको छैन् । उक्त आगलागीमा फसेका पाँच जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले पाँचको प्लाजाभित्रबाट सकुशल उद्धार गरिएको हो ।

आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् । सशस्त्र प्रहरीको नं.१ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाइएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयले हेलिकप्टर पठाइएको बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org