राजावादीको आन्दोलनमा जलेर र गोली लागेर दुई जनाको मृत्यु
काठमाडौं- काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले गरेको राजावादीहरूको आन्दोलनका क्रममा दुईजनाले ज्यान गुमाएका छ्न । तीनकुनेस्थित चौरमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवम् नागरिक बचाऊ महाअभियानका नामा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका-४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जनले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार झडपका क्रममा उनको छातीमा गोली लागेको थियो । गोली लागेपछि ढलेका उनलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा दिउँसो ३ बजेर ५५ मिनेटमा उपचारका लागि लगिएको थियो। तर उनलाई त्यहाँका चिकित्सकले अपरान्ह ४ बजे मृत घोषणा गरे । अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम गृहमा राखिएको छ।
त्यसैगरी राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको छ। राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर ज्यान गुमाउनेमा एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ ।
उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । तर प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन । उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ ।
अहिले त्यहाँ प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको थियो । यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा सबै फुटाइदिएका थिए ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
काठमाडौं । थाइल्याण्डको औपचारीक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागिता जनाएर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्कदै...
-
आज नेपाल बारको निर्वाचन, मिश्र र श्रेष्ठबीच अध्यक्षमा प्रतिस्पर्धा
काठमाडौं । नेपाल बार एशोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४...
-
काठमाडौं फेरि विश्वकै प्रदूषित, अस्वस्थकर वायु प्रदूषण
काठमाडौं । काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको स्तर खराब रहँदै आएको छ । वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू...
-
रास्वपाको कार्यबाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको भर्चुअल बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । पार्टी...
-
आजको राशिफल: २०८१ चैत २३ गते शनिबार
मेष: व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका...
-
रवि लामिछाने बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
-
ओली र मोदीको भेटपछि एमाले महासचिव पोखरेल उत्साहित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि नेकपा एमालेमा महासचिव शंकर पोखरेल उत्साहित देखिएका...
-
रवि र छविलाई थुनामा पठाउने उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको...
-
ओली र मोदी एकान्तमा ३५ मिनेट, हट्ला त सम्बन्धको चिसोपना ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डमा एक्लाएक्लै वार्ता भएको छ । बिमस्टेकको शिखर सम्मेलना...