पाकिस्तानमा इस्लाम धर्म अपनाउन अस्वीकार गर्दा हिन्दुको हत्या
काठमाडौं । पाकिस्तानको पेशावर सहरमा गोली हानेर एक हिन्दु नागरिकको हत्या गरिएको छ। धर्म परिवर्तन गर्न नमान्दा नदिम अमिन नामका हिन्दु व्यक्तिको हत्या गरिएको बताइएको छ।
यो घटना पेशावरको पोस्टल कोलोनी क्षेत्रमा भएको हो। शनिबार काम सकेर घर फर्किरहेका बेला नदिमलाई गोली हानिएको थियो। ५६ वर्षीय नदिम सरकारी संस्थामा सफाइ कर्मचारी थिए । गोली हानेपछि भागेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नदिमका भाइ सागर अमिनले आफ्नो एफआईआर (जाहेरी)मा उनका दाइ कोलोनीमा हुँदा मुश्ताक नामका व्यक्तिले गोली हानेका हुन्। सुरुमा गोली लागेर गम्भीर घाइते भएका नदिमको पछि मृत्यु भयो।
एफआईआर अनुसार, पक्राउ परेका व्यक्तिले दुई–तीन महिनादेखि नदिमलाई इस्लाम धर्म अपनाउन कर गरिरहेका थिए। तर नदिमले अस्वीकार गरेकाले उनको टाउकोमा गोली हानिएको हो।
भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातले बीबीसी उर्दूलाई बताएअनुसार हत्यापछि अभियुक्त तुरुन्तै भागेका थिए। यसपछि डीएसपी सिटी याख तुत सर्कलको नेतृत्वमा गठन गरिएको प्रहरीको विशेष टोलीले २४ घण्टाभित्र मुश्ताकलाई चारसद्दाबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले नदिम अमिनको हत्या गरेको स्वीकार गरेका छन्।
Comments
अरु समाचार
-
ट्रम्पले चीनलाई १४५ प्रतिशत कर लगाउने
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भए पछि डोनाल्ड ट्रम्पले गरेका विभिन्न निर्णयले विश्वमा तहल्का पिटिरहेका छन् । त्यस्तै...
-
के पूर्वराष्ट्रपति ओबामाले आफ्नी पत्नीसँग डिभोर्स गर्दै छन् ?
काठमाडौं । यसअघि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामा हरेकजस्तो सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे । गत जनवरी...
-
नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु
काठमाडौं । स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु...
-
अमेरिकामा उच्च भन्सार दर कार्यान्वयन ९० दिनका लागि राेकियाे
वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लगाउनुभएको उच्च भन्सार दर कार्यान्वयनका लागि ९० दिनको रोक लगाउने बताउनुभएको छ ।...
-
माओवादी केन्द्रको उच्चस्तरीय भ्रमण टोली चिनमा
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रको २० सदस्यीय उच्चस्तरीय भ्रमण टोली चीन भ्रमणमा गएको छ । माओवादी...
-
करसम्बन्धी निर्णयबाट पछि हट्न बाध्य ट्रम्प, चिनलाई १२५ प्रतिशत लगाईने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च अमेरिकी करबाट प्रभावित देशहरूका लागि ९० दिनका लागि कर स्थगनको घोषणा गरेका छन्।...
-
चीनको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु
काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले...
-
चारदेशीय टी-२०आई सिरिज : नेपालसँग कतार ८ विकेटले पराजित
काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८...
-
चिनियाँ सामानमा १०४ प्रतिशत कर महत्वपूर्ण : ट्रम्प
वाशिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले लिइरहेको ट्यारिफको नीति आफ्नो देशका लागि महत्त्वपूर्ण साबित हुने बताएका छन्। केही चिनियाँ सामानमा...