पाकिस्तानमा इस्लाम धर्म अपनाउन अस्वीकार गर्दा हिन्दुको हत्या
काठमाडौं । पाकिस्तानको पेशावर सहरमा गोली हानेर एक हिन्दु नागरिकको हत्या गरिएको छ। धर्म परिवर्तन गर्न नमान्दा नदिम अमिन नामका हिन्दु व्यक्तिको हत्या गरिएको बताइएको छ।
यो घटना पेशावरको पोस्टल कोलोनी क्षेत्रमा भएको हो। शनिबार काम सकेर घर फर्किरहेका बेला नदिमलाई गोली हानिएको थियो। ५६ वर्षीय नदिम सरकारी संस्थामा सफाइ कर्मचारी थिए । गोली हानेपछि भागेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नदिमका भाइ सागर अमिनले आफ्नो एफआईआर (जाहेरी)मा उनका दाइ कोलोनीमा हुँदा मुश्ताक नामका व्यक्तिले गोली हानेका हुन्। सुरुमा गोली लागेर गम्भीर घाइते भएका नदिमको पछि मृत्यु भयो।
एफआईआर अनुसार, पक्राउ परेका व्यक्तिले दुई–तीन महिनादेखि नदिमलाई इस्लाम धर्म अपनाउन कर गरिरहेका थिए। तर नदिमले अस्वीकार गरेकाले उनको टाउकोमा गोली हानिएको हो।
भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातले बीबीसी उर्दूलाई बताएअनुसार हत्यापछि अभियुक्त तुरुन्तै भागेका थिए। यसपछि डीएसपी सिटी याख तुत सर्कलको नेतृत्वमा गठन गरिएको प्रहरीको विशेष टोलीले २४ घण्टाभित्र मुश्ताकलाई चारसद्दाबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले नदिम अमिनको हत्या गरेको स्वीकार गरेका छन्।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












