पाकिस्तानमा इस्लाम धर्म अपनाउन अस्वीकार गर्दा हिन्दुको हत्या
काठमाडौं । पाकिस्तानको पेशावर सहरमा गोली हानेर एक हिन्दु नागरिकको हत्या गरिएको छ। धर्म परिवर्तन गर्न नमान्दा नदिम अमिन नामका हिन्दु व्यक्तिको हत्या गरिएको बताइएको छ।
यो घटना पेशावरको पोस्टल कोलोनी क्षेत्रमा भएको हो। शनिबार काम सकेर घर फर्किरहेका बेला नदिमलाई गोली हानिएको थियो। ५६ वर्षीय नदिम सरकारी संस्थामा सफाइ कर्मचारी थिए । गोली हानेपछि भागेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नदिमका भाइ सागर अमिनले आफ्नो एफआईआर (जाहेरी)मा उनका दाइ कोलोनीमा हुँदा मुश्ताक नामका व्यक्तिले गोली हानेका हुन्। सुरुमा गोली लागेर गम्भीर घाइते भएका नदिमको पछि मृत्यु भयो।
एफआईआर अनुसार, पक्राउ परेका व्यक्तिले दुई–तीन महिनादेखि नदिमलाई इस्लाम धर्म अपनाउन कर गरिरहेका थिए। तर नदिमले अस्वीकार गरेकाले उनको टाउकोमा गोली हानिएको हो।
भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातले बीबीसी उर्दूलाई बताएअनुसार हत्यापछि अभियुक्त तुरुन्तै भागेका थिए। यसपछि डीएसपी सिटी याख तुत सर्कलको नेतृत्वमा गठन गरिएको प्रहरीको विशेष टोलीले २४ घण्टाभित्र मुश्ताकलाई चारसद्दाबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले नदिम अमिनको हत्या गरेको स्वीकार गरेका छन्।
Comments
अरु समाचार
-
ट्रम्पको प्रस्ताव पुटिनद्धारा अस्विकार
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति सम्झौताको प्रस्तावलाई रुसले अस्वीकार गरेको छ । रुसी...
-
रुसले तीनदिन युक्रेनमा आक्रमण नगर्ने
काठमाडौं । लामो समयबाट युद्धरत देश रुसका राष्ट्रपति भ्लादमिर पुटिनले तीनदिने युद्धविराम घोषणा गरेका छन्। पुटिनले मे ८ बाट १०...
-
इनारमा गाडी खस्दा १२ जनाको मृत्यु
काठमाडौं । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको...
-
स्पेन र पोर्चुगलमा आपतकाल, दुवै देशमा छैन् विद्युत्
काठमाडौं । यूरोपेली मूलुकहरु स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल घोषणा गरिएको छ । ट्राफिक लाइट, रेल सेवा...
-
भारत-पाक सीमामा लगातार गोलाबारी
काठमाडौं । शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी...
-
नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा एक नेपाली सहित २६ जना पर्यटकहरुको मृत्यु हुने गरेर भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा...
-
भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान
काठमाडौं । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो...
-
इरानमा विस्फोटमा परी १४ जनाको मृत्यु, ७५० घाइते
काठमाडौं । इरानको एउटा प्रमुख बन्दरगाहमा भएको विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ। सो बन्दरगाहमा भएको विष्फोटमा ७५० जना...
-
बोल्दा रहेछन् पू्र्वराजा ज्ञानेन्द्र शाह पनि !
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको पहलगममा भएको हत्या प्रकरणमा धारणा सार्वजनिक गरेका छन् । भारतको कास्मिरको पहलगम क्षेत्रमा भएको...