प्रतिनिधिसभाको बैठक आज पनि, तीन विधेयक पारित गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकसँगै संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य हुनेछ । सरकारले आज राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरिसकेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०८१ तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा तथा सो विधेयक पारित गराउने प्रस्ताव गर्ने छन् । बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक पारितका लागि प्रस्ताव गर्ने छन् ।
Comments
अरु समाचार
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने भएको छ । बैठक रास्वपाका...
-
यू-१९ विश्वकप एसिया छनोट: हङकङमाथि नेपालको सहज जित
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै...
-
प्रधानन्यायाधीश राउत र श्रेष्ठको बोल्ड फैसला, ठगहरु थुरथुर
काठमाडाैं । लामो समयदेखि फैसला हुन नसकिरहेको कुख्यात युनिटी ठगी मुद्दामा सर्वोच्च अदालतले बोल्ड फैसला गरेको छ । प्रधान न्यायाधीश...
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ...
-
सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन्। संसारभरबाट संस्कृति,...
-
शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाइने
काठमाण्डौ । आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न सरकार तयार भएको छ । हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यसअघि भएका सहमति...
-
‘शिक्षक आन्दोलनले यातायात मजदुरको रोजीरोटी गुम्दै’
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय व्यवसायी महासंघले शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण यातायात मजदुरको रोजीरोटी ठप्प भएको जनाएको छ ।...
-
त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट वितरण सेवा अनलाइन
काठमाडौं । आजदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज...
-
प्रचण्डको थेगोः सरकार ढल्छ
काठमाडाैं । केपी ओली नेतृत्वको सरकार नयाँ वर्ष लागेसंगै ढल्न सक्छ ? व्यापक चलेको हल्ला चलाउन थालिएको छ। सोमबार एमाले...