भन्सार छलेर दुबईबाट ल्यापट भित्र्याउने ७ जना पक्राउ
काठमाडौंं । दुबईबाट फर्किने यात्रुलाई ल्यापटप ओसार्न लगाएर भन्सारछली गरेको अरोपमा न्युरोडका एक व्यापारीसहित ७ जना पक्राउ परेका छन्। न्युरोडको संकटा मन्दिरनजिक रहेको एलिटेड सप्लायर्स प्रालिबाट यसरी भन्सार छली गरेर ल्याएका डेल कम्पनीका ७२ थान ल्यापटप पनि प्रहरीले बरामद गरेको छ।
पक्राउ पर्नेमा एलिटेड सप्लायर्सका सञ्चालक मोरङको विराटनगर महानगरपालिका १५ घर भई हाल काठमाडौँको कंलकी बस्ने ३० वर्षका रसिद आलम, मकवानपुर राक्सीराङ गाउँपालिका ९ घर भई हाल सितापाइला बस्ने २६ वर्षका चित्रबहादुर मल्ल ठकुरी, सोही ठाउँका २४ वर्षका हुकुमबहादुर मल्ल र उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल बौद्ध बस्ने ३१ वर्षका सुमीत केसी रहेका छन्।
उनीहरू तीनै जना दुबईबाट ल्याएका सामान लिन होटलसम्म पुगेका थिए। दुबईबाट ल्यापटप लिएर आउने महोत्तरी बलवा नगरपालिका १२ का २८ वर्षका राकेश गिरी, पाल्पा रम्भा गाउँपालिका १ का ४१ वर्षका तारा बहादुर रेस्मी मगर र पाँचथरको मिक्लाजुङ गाउपालिका ३ की ३५ वर्षकी कमला फियाक रहेका छन्।
भन्सार छल्नका लागी व्यापारीले दुबईबाट आउने यात्रुलाई एउटा ल्यापटप र एउटा मोबाइल पठाउने गरेको खुलेको छ। यसरी विदेशबाट आउनेलाई एउटा नयाँ ल्यापटप र एउटा मोबाइल ल्याउँदा सरकारले भन्सार छुट दिएको छ। दुबईबाट छुट्टा छुट्टै उडानमा सोमबाार नेपाल फर्किएका तीन जना बत्तीसपुतलीबाट पक्राउ परेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।
दुबईबाट फर्किने यात्रुले ल्याएका ल्यापटप बुझ्न गएका तीन जनालाई पनि प्रहरीले त्यहीँ पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा ती सामान एलिटेड सप्लायर्समा लैजाने गरेको खुलेपछि प्रहरीले त्यहाँ छापा मारेको थियो। पसल सञ्चालक आलमले पहिलेदेखि नै यसरी सामान ल्याएर बेच्ने गरेको खुलेको एसपी जीसीले बताए। प्रहरीले पसल तथा स्टोरमा खानतलासी गर्दा बिल नभएका डेल कम्पनीका ६९ थान ल्यापटप र २ थान मोबाइद्य बरामद गरेको हो। बरामद भएका सामानसहित सातै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय पठाएको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











