प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै
बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए ।
थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ ।सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी सिनावातले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन् । प्रधानन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली मङ्गलबार अपराह्न यहाँ आइपुगेका हुन् ।
Comments
अरु समाचार
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।...
-
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा.का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको...
-
बार निर्वाचनको मतगणना १२ बजेबाट सुरू
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने भएको छ । बारको...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थाइल्याण्डको औपचारिक...
-
रवि लामिछानलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई...
-
‘ट्रम्पको कर नीतिले व्यापारिक युद्धको खतरा !’
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।...
-
मौसमविद्ले भने- देशको पूर्वी भागबाट वर्षा शुरू हुँदैछ
काठमाडौं। भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले...
-
आजको राशिफल: २०८१ चैत २५ गते सोमबार
मेष: काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्।...