अमेरिकामा नयाँ करको नियम तत्काल कार्यान्वयन गरिँदै
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिनलाई लक्षित गरेर लगाइएको नयाँ कर लागू हुने ह्वाइट हाउसले जनाएको छ। मंगलबार यो नीतिको विषयमा निर्णय गर्ने कोर टिमसँग बसेका ट्रम्पले बुधबार साँझबाट करको नीति लागू भएको घोषणा गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।
हाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले यो करको निर्णय लागू हुने बताएकी हुन्। उनले अहिलेको हरेक समस्याको समाधान कडा कर नीतिले नै हुने दाबी गरिन्। उनले यो दाबी गरे पनि जिम्मेवार तह र व्यापारीदेखि सर्वसाधारणसम्म यो नीतिले धेरै क्षति हुने कुराले त्रसित छन्।
यो नीति पछि अमेरिकामा केही असर गर्ने रिपोर्ट प्रकाशित भइसकेका छन्। नयाँ कर नीति लागू भएपछि धेरैले रोजगारी गुमाउने जोखिम छ। यसले हुने व्यापार युद्धका कारण ५५ लाखले रोजगारी गुमाउने तथा बेरोजगारी दर ७.७ प्रतिशतले वृद्धि हुने जनाइएको छ।
अर्थशास्त्री मार्क जान्डीका अनुसार १.७ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा कमी आउने छ। जान्डीले यसले अमेरिकी अर्थतन्त्रमा धेरै असर गर्नसक्ने चेतावनी दिएका छन्। ट्रम्पले यो कर नीति संसारका सबै देशको हकमा नीति लागु हुने बताएका छन्।
Comments
अरु समाचार
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
राष्ट्र बैंकको डेपुटी गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।...
-
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा.का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको...
-
बार निर्वाचनको मतगणना १२ बजेबाट सुरू
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने भएको छ । बारको...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थाइल्याण्डको औपचारिक...
-
रवि लामिछानलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई...
-
‘ट्रम्पको कर नीतिले व्यापारिक युद्धको खतरा !’
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।...
-
मौसमविद्ले भने- देशको पूर्वी भागबाट वर्षा शुरू हुँदैछ
काठमाडौं। भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले...
-
आजको राशिफल: २०८१ चैत २५ गते सोमबार
मेष: काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्।...