ओली र मोदी एकान्तमा ३५ मिनेट, हट्ला त सम्बन्धको चिसोपना ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डमा एक्लाएक्लै वार्ता भएको छ ।
बिमस्टेकको शिखर सम्मेलना सहभागिता जनाउँन थाइल्यान्डको राजधानी बैंककमा रहेका दुवै देशका प्रधानमन्त्रीहरु बिच करिब ३५ मिनेट वार्ता भएको हो ।
बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसारमोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी नभएको पाईएको छ ।
त्यस्तै दुईदेशका प्रधानमन्त्रीहरुको भेटमा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई आगामी जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा दिएको बुझिएको छ । उक्त निमन्त्रणालाई स्विकार्दै समकक्षी काठमाडौं आउन सक्दो कोसिस गर्ने बताउँदै निमन्त्रणाका निम्ती धन्यवाद दिएको पाईएको छ ।
पछिल्लो समय नेपाल र दक्षिणी छिमेकी मुलुक भारतबिच सम्बन्धमा दरार पैदा भएका छन् । नेपालमा प्रधानमन्त्री बन्ने बितिक्कै भ्रमणका निम्ती निमन्त्रणा दिने भारतले केपी ओली प्रधानमन्त्री भएपछि भने निम्ता दिएको छैन् ।
यस अघि पनि प्रधानमन्त्री ओली र भारतिया समकक्षी मोदी बिच अमेरिकामा भेटवार्ता भएको थियो । तर उक्त भेटपछि पनि ओली मोदी सम्बन्धमा खासै सुधार आउन सकेको छैन् । आजको भेटले दुई देशबिचको पारस्पारिक सम्बन्ध र आपसि हितका विषयमा सुधार हुने आशा व्यक्त गरिएको छ ।
भेटवार्ताका विषयमा थप विवरण सार्वजनिक भएको छैन ।
Comments
अरु समाचार
-
दुर्गाा प्रसाईँ पक्राउ चर्चा: प्रहरीले भन्यो- पक्राउ परेका छैनन्
काठमाण्डौ । यही चैत १५ गते काठमाण्डौको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले...
-
आईपीएल: दिल्लीको चौथो जित, राहुलको उत्कृष्ट प्रदर्शन
काठमाडौं । दिल्ली क्यापिटलले कम ब्याक गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ६ विकेटले...
-
आजको राशिफल: २०८१ चैत २९ गते शुक्रवार
मेष: परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष...
-
सरकार र शिक्षकहरुको वार्ता निष्कर्ष शुक्रबार सार्वजनिक गरिने
काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच बिहिबार वार्ता भएको छ । शिक्षा मन्त्रालयमा साँझ सकिएको वार्तामा के सहमति भयो...
-
बानेश्वरमा शिक्षक र प्रहरीबिच धकेलाधकेल
काठमाडौं । काठमाडौंमा ९ दिनदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक खण्डको तीनवटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको...
-
सुनको मूल्य इतिहासकै उच्च विन्दुमा, एकैदिन ५७ सयले वृद्धि
काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज झनै आकाशीएको छ । आज बिहीबार सुनको मूल्य ५ हजार ७...
-
अमेरिकामा उच्च भन्सार दर कार्यान्वयन ९० दिनका लागि राेकियाे
वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लगाउनुभएको उच्च भन्सार दर कार्यान्वयनका लागि ९० दिनको रोक लगाउने बताउनुभएको छ ।...
-
वर्षापछि काठमाडौंवासीलाई राहत, हट्न थाल्यो प्रदूषण
काठमाडौं । केहि साता यता विश्वकै प्रदूषीत सहरको अग्रस्थानमा रहँदै आएको काठमाडौंको प्रदुषण क्रमश हट्न थालेको छ । अहिले काठमाडौं...
-
शिक्षक महासंघको वर्ता टोलीको नेतृत्वमा नानुमाया पराजुली
काठमाडौं । काठमाडौंमा आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । महासंघको सहअध्यक्ष नानुमाया पराजुलीको...