ओली र मोदीको भेटपछि एमाले महासचिव पोखरेल उत्साहित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि नेकपा एमालेमा महासचिव शंकर पोखरेल उत्साहित देखिएका छन् । दुई देशका प्रधानमन्त्रीको भेटलाई उनले सकारात्मक र उत्साहप्रद भनी प्रतिक्रिया दिएका हुन् । शंकरले यसलाई दृढ र अविचलित हुँदा पनि सम्वन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजवुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो पनि भनेका छन् ।
ओली र मोदीलाई अनुभवी प्रधानमन्त्रीको संज्ञा दिँदै उनले आपसी विश्वास र सहकार्यले क्षेत्रीय शान्ति, विकास र समृद्धिको यात्रा तय हुने विश्वास व्यक्त गरे । ‘नेपाल र भारतका प्रधामन्त्रीबीचको सम्वाद र सम्वादपछिको दुबै देशका प्रधानमन्त्रीहरुको सकारात्मक र उत्साहप्रद प्रतिकृया’, फेसबुकमा शंकरले लेखेका छन्,’छिमेकीहरु बिचको परस्परको विश्वास,समझदारी, र सहकार्यका माध्यमवाट क्षेत्रिय शान्ति र त्यसका माध्यमवाट आर्थिक समृद्धि अवको वाटो हो भन्ने कुराले नै भविष्यमा एशिया पुनः विश्व सभ्यताको केन्द्र वन्न सफल हुनेछ ।’
भारतीय संस्थापनसँग सम्बन्ध बिग्रिएको भनिएका बेला प्रधानमन्त्री ओलीले आज दिउँसो थाईल्याण्डको राजधानी बैंककमा मोदीसँग आधा घण्टा वान-टु-वान भेटवार्ता गरेका थिए । यो भेटघाटलाई लिएर एमालेपंति उत्साहित देखिएको छ ।
Comments
अरु समाचार
-
दुर्गाा प्रसाईँ पक्राउ चर्चा: प्रहरीले भन्यो- पक्राउ परेका छैनन्
काठमाण्डौ । यही चैत १५ गते काठमाण्डौको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले...
-
आईपीएल: दिल्लीको चौथो जित, राहुलको उत्कृष्ट प्रदर्शन
काठमाडौं । दिल्ली क्यापिटलले कम ब्याक गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ६ विकेटले...
-
आजको राशिफल: २०८१ चैत २९ गते शुक्रवार
मेष: परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष...
-
सरकार र शिक्षकहरुको वार्ता निष्कर्ष शुक्रबार सार्वजनिक गरिने
काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच बिहिबार वार्ता भएको छ । शिक्षा मन्त्रालयमा साँझ सकिएको वार्तामा के सहमति भयो...
-
बानेश्वरमा शिक्षक र प्रहरीबिच धकेलाधकेल
काठमाडौं । काठमाडौंमा ९ दिनदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक खण्डको तीनवटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको...
-
सुनको मूल्य इतिहासकै उच्च विन्दुमा, एकैदिन ५७ सयले वृद्धि
काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज झनै आकाशीएको छ । आज बिहीबार सुनको मूल्य ५ हजार ७...
-
अमेरिकामा उच्च भन्सार दर कार्यान्वयन ९० दिनका लागि राेकियाे
वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लगाउनुभएको उच्च भन्सार दर कार्यान्वयनका लागि ९० दिनको रोक लगाउने बताउनुभएको छ ।...
-
वर्षापछि काठमाडौंवासीलाई राहत, हट्न थाल्यो प्रदूषण
काठमाडौं । केहि साता यता विश्वकै प्रदूषीत सहरको अग्रस्थानमा रहँदै आएको काठमाडौंको प्रदुषण क्रमश हट्न थालेको छ । अहिले काठमाडौं...
-
शिक्षक महासंघको वर्ता टोलीको नेतृत्वमा नानुमाया पराजुली
काठमाडौं । काठमाडौंमा आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । महासंघको सहअध्यक्ष नानुमाया पराजुलीको...