आज नेपाल बारको निर्वाचन, मिश्र र श्रेष्ठबीच अध्यक्षमा प्रतिस्पर्धा
काठमाडौं । नेपाल बार एशोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । बार अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर विजयप्रसाद मिश्र र व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।
अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जना गरी पाँचजनाको उम्मेदवारी परेको छ । बारको अध्यक्ष पदका लागि अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशिष पौडेलले पनि उम्मेदवारी दिएका छन् । निर्वाचनमा मिश्र र श्रेष्ठले फरक–फरक प्यानल बनाएका छन् । न्यायालयको सुधारका लागि दुवैले आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।
मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् भने श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ । अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता मिश्रको समूहले आफ्नो उम्मेदवारी नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न, सशक्त, प्रभावकारी एवं कार्यमुखी बार निर्माण गर्न भनेको छ ।
यो समूहको प्रतिबद्धतापत्रमा बलियो बार, बलियो र सशक्त दबाबद्वारा प्रभावकारी भूमिका निर्वाह गर्न, संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकार र पेसागत हकहितको संरक्षण गर्न, नवोदित युवा र महिला कानुन व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम सञ्चालन गर्न रहेको उल्लेख छ । त्यस्तै, कृत्रिम बौद्धिकताका अवसरलाई उपयोग गर्दै चुनौतीको सामना गर्न, प्राज्ञिक, व्यावसायिक र अनुसन्धानमूलक संस्थाको रुपमा नेपाल बारलाई विकसित गर्न र समग्र कानुन प्रणालीको सुधारका लागि दबाबमूलक कार्यक्रम निरन्तर सञ्चालन गर्नलगायत रहेको छ ।
त्यस्तै अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले नेपाल बार एशोसिएसनको संस्थागत सुधार र कानून व्यवसायीको क्षमतामा अभिवृद्धिमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यो समूहले कानून व्यवसायीको व्यावसायिक हकहित, इज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षा गर्ने, स्वतन्त्र, सक्षम, जबाफदेहीता न्यायपालिका र भ्रष्टाचारमुक्त न्यायालय, कानून व्यवसायीलाई सूचना प्रविधिमा दक्ष बनाउने कार्यक्रम सञ्चालन गर्ने लगायत रहेका छन् ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदानका लागि ९ हजार ९५७ रहेका छन् । बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका छन् । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् ।
Comments
अरु समाचार
-
भाग्दीन भन्ने प्रसाईं आसाम प्रहरी समक्ष आत्मसमर्पण, आज काठमाडौं ल्याइने
काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रर्दशनलाई हिंसात्मक बनाएर भाग्दीन भन्दै एकाएक भागेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले...
-
अपमान गरेको भन्दै उर्जा सचिव आचार्यलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टिकरण माग
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । गत चैत...
-
आजदेखि अन्तर्राष्ट्रिय यातायात सम्मेलन, यातायात सुधारका उपाय खोजिने
काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुनेभएको छ । सम्मेलन चैत २९...
-
दुर्गाा प्रसाईँ पक्राउ चर्चा: प्रहरीले भन्यो- पक्राउ परेका छैनन्
काठमाण्डौ । यही चैत १५ गते काठमाण्डौको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले...
-
आईपीएल: दिल्लीको चौथो जित, राहुलको उत्कृष्ट प्रदर्शन
काठमाडौं । दिल्ली क्यापिटलले कम ब्याक गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ६ विकेटले...
-
आजको राशिफल: २०८१ चैत २९ गते शुक्रवार
मेष: परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष...
-
सरकार र शिक्षकहरुको वार्ता निष्कर्ष शुक्रबार सार्वजनिक गरिने
काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच बिहिबार वार्ता भएको छ । शिक्षा मन्त्रालयमा साँझ सकिएको वार्तामा के सहमति भयो...
-
बानेश्वरमा शिक्षक र प्रहरीबिच धकेलाधकेल
काठमाडौं । काठमाडौंमा ९ दिनदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक खण्डको तीनवटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको...
-
सुनको मूल्य इतिहासकै उच्च विन्दुमा, एकैदिन ५७ सयले वृद्धि
काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज झनै आकाशीएको छ । आज बिहीबार सुनको मूल्य ५ हजार ७...