ताजा समाचार

चैत पन्ध्र गते राज्यका तर्फबाट हिंसा भड्काईयो: राजेन्द्र लिङ्देनले

काठमाडौं । चैत पन्ध्र गते तिनकुनेमा राज्यका तर्फबाट हिंसा भड्काईएको राजेन्द्र लिङ्देनले आरोप लगाएका छन् । आज बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै पनि हिंसाको पक्षमा नरहेको र जसले जे सुकै उदेश्यले हिंसा गरे पनि त्यसको विपक्षमा रहेको दावी गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी शान्तीपूर्ण ढंगबाटै आफ्ना उदेश्य प्राप्त गर्नमा सक्षम रहेको बताएका छन् ।

त्यस्तै चैत १५ गते दुई जनाको ज्यान जाने गरि र दर्जनौ घाईते हुने गरि भएको हिंसात्मक आन्दोलनमा राज्यका तर्फबाट प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख मुख्य जिम्मेवार रहेको बताए । त्यस्तै अहिलेका प्रहरी प्रमुख एमालेको प्रतिनिधि बनेको आरोप लगाएका छन् । उनले प्रहरी प्रहरी जस्तो हुनपर्ने भन्दै फुलि लगाई दिने सधै सत्ता मै टिकिनरहने जिकिर गर्दै सचेत रहन आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org