बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले बंगलादेशको स्थान स्कटल्याण्डले ग्रहण गर्ने निर्णय गरेको हो।
बंगलादेश समूह ‘सी’ मा रहेको थियो, जहाँ अब स्कटल्याण्डले कोलकाता र मुम्बईमा खेल्ने भनिएका खेलहरू खेल्नेछ। नेपाल पनि यही समूहमा रहेको छ र अब नेपालले बंगलादेशको सट्टा फागुन ५ मा मुम्बईमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटालीसँग खेल्नेछ।
बंगलादेशले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलाडीहरू भारत पठाउन नसक्ने अडान लिएको थियो। आईसिसीले भने प्रतियोगिता सुरु हुन थोरै समय मात्र बाँकी भएको र भारतमा ठूलो सुरक्षाको खतरा नदेखिएको भन्दै खेल सार्न नमिल्ने बताएको थियो।
यो विवाद भारत–बंगलादेशबीच बिग्रँदो सम्बन्ध र कोलकाता नाइट राइडर्सले मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएको घटनासँग पनि जोडिएको थियो। आईसिसीले बंगलादेशलाई बिहीबारसम्मको समय दिएको थियो, तर बंगलादेशले अन्तिमसम्म भारत नजाने अडान कायम राखेपछि आकस्मिक बैठकमा बहुमतले उसलाई प्रतियोगिताबाट हटाउने निर्णय गरियो।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले आइसिसीमाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएका छन्। उनले सन् २०२५ को च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तान जान अस्वीकार गर्दा लचकता अपनाएको तर बंगलादेशको सुरक्षा चिन्तालाई बेवास्ता गरेको बताए।
बंगलादेशले आइसिसीको निर्णयविरुद्ध विवाद समाधान समितिमा जाने तयारी गरेको छ। यद्यपि बहुमतको निर्णय भएकाले पुनरागमनको बाटो कठिन देखिन्छ।
टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि सुरु हुँदैछ। बंगलादेशले अवसर गुमाए भने स्कटल्याण्डले अप्रत्याशित रूपमा विश्वकप खेल्ने मौका पाएको छ।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...











