विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भन्सारको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत न्यौपाने, सञ्चार मन्त्रालयबाट खटिएका गोश्वारा हुलाक कार्यालय निकासी शाखाका नायब सुब्बा छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार उनीहरूको साथबाट दुई लाख ६८ हजार २८८ रुपैयाँ नगद तथा २३ थान मोबाइल फोन बरामद गरिएको छ। बरामद रकम घुस तथा स्रोत नखुलेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। तीनै जना कर्मचारी र अन्य केही शंकास्पद व्यक्तिका नाममा रहेका मोबाइलसमेत नियन्त्रणमा लिइएको उनले बताए।
नेपालबाट कुरिअरमार्फत सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस लिएको उजुरीपछि अख्तियारले टंगालबाट टोली खटाई अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षबाट १० हजार रुपैयाँ घुस बरामद गरिएको छ भने उनको घरबाट स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ फेला परेको छ। साथै, उनको साथबाट थप ९६ हजार ७० रुपैयाँ बरामद भई कुल एक लाख ४६ हजार ४२० रुपैयाँ नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
त्यस्तै, नायब सुब्बा रिजालको साथबाट सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुस तथा स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी कुल ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ।
अख्तियारका अनुसार अधिकृत न्यौपाने, नासु रिजाल र सहयोगी पुडासैनीको मिलेमतोमा घुस रकम संकलन गरी बाँडफाँट गर्नुअघि नै उनीहरूलाई नियन्त्रणमा लिइएको हो। बरामद गरिएका २३ थान मोबाइललाई विधिविज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको अख्तियारले जनाएको छ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...











