ताजा समाचार

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारको सुनको मूल्य बढेको छ । कारोबारको चौर्थौ दिन बुधबार नेपाली बाजारमा सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार रुपैयाँले बढेको छ । बुधबार सुनको प्रतितोला मूल्य १ लाख ७५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको महासंघकले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ । चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । सो दिन चाँदीको मूल्य प्रति तोला १ हजार ९९५ रुपैयाँ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org