आजको राशिफल: २०८१ चैत २९ गते शुक्रवार
मेष: परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ।
वृष: प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ।
मिथुन: अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। रोकिएका काम गर्ने समय छ। अरूको मुख ताक्ने बानीले काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। अरूलाई दिन ठिक पारेकाे धनमाल आफैंलाई आवश्यक पर्न सक्छ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।
कर्कट: पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ।
सिंह: व्यापार बढ्नाले लाभ हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै लेखन कलामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्।
कन्या: सहयोगीहरूको साथले नयाँ काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग रमाइलाे भेटघाट हुनेछ। आकर्षक उपहार समेत प्राप्त हुन सक्छ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुने समय छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामकाे यश लिने अवसर छ।
तुला: फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। तत्काल केही खर्च लागे पनि दिगाे आम्दानी हुने काम फेला पार्न सकिनेछ। परोपकारी काम सम्पादन हुनेछ। यात्राकाे साइत पनि जुर्ने सम्भावना छ। अवसरका लागि केही दौडधुप र लगनाी गर्नुपर्ला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। तापनि, कर्जामार्फत धन जुटाउन सकिनेछ।
वृश्चिक: आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारबाट मनग्य धनलाभ हुनेछ। साथीभाइकाे सहयाेग जुट्नेछ। नयाँ काम थालनी गर्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। अध्ययनमा प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ।
धनु : मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
मकर: अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
कुम्भ: अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनु। काममा अनायासै व्यवधान देखा पर्न सक्छ। स्वास्थ्य कमजाेर रहनेछ भने अर्थअभावले पनि सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
मीन: सुरुमा खर्च लागे पनि व्यवसायले आम्दानी दिलाउनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। नयाँ अवसर प्राप्त भए पनि गलत व्यक्तिको विश्वास गर्दा धाेका हुन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चापबाट फुर्सद पाइनेछ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












