आईपीएलमा गुजरातले दिल्ली र लखनउले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई सात विकेटले हरायो ।
गएरातिको खेलमा दिल्ली क्यापिटल्सले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर तीन बलमा तीन विकेट गुमाएर भेटायो । त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङ गरेको दिल्लीले आठ विकेट गुमाएर दुई सय तीन रन बनायो । गुजरात सात खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा दिल्ली १० अङ्कसहित दोश्रो स्थानमा छ ।
यस्तै हिजै भएको अर्को खेलमा लखनउ जसुपर जायन्टस्ले राजस्थान रोयल्सलाई दुई रनले हराएको छ । लखनउले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७८ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि जयपुरमा टस जितेर ब्याटिङ गरेको लखनउले पाँच विकेट गुमाएर एक सय ८० रन बनायो । लखनउ आठ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । समान खेलमा राजस्थान चार अङ्कसहित आठौं स्थानमा छ । आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बैङ्ग्लुरु तथा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्सबीच खेल हुँदैछ ।
Comments
अरु समाचार
-
‘एमाले महाधिवेशन राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश’
काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक सहभागिताले मतदान प्रक्रियाबाट नेतृत्व छनोट प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र...
-
निर्वाचन ७७ दिन बाँकी : निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको...
-
राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण
काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ...
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...












