ताजा समाचार

शिक्षामन्त्री पन्तले आज शपथ लिने

काठमाडौं । नवन्युक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तले आज अपराह्न शपथ लिने भएका छन् ।

शीतलनिवासमा प्रधानमन्त्री के.पी.शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् ।

शपथका लागि अपराह्न ४ बजेको समय तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई बुधबार शिक्षा मन्त्री नियुक्त गरेका हुन् । पन्त नेकपा एमालेका समानुपातिक सांसद हुन् ।

गत सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि पन्त शिक्षा मन्त्री नियुक्त भएका छन् । पन्त मन्त्रिपरिषदमा बरियताको आधारमा आठौँ स्थानमा परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org