आईपीएलमा आजः राजस्थान र बैंगलरुबिच प्रतिस्पर्धा हुँदै
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को ४२औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरू र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
बैंगलुरूको एम. चिन्नास्वामी स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरू हुने छ । यस सिजन दुवै टोली दोस्रोपटक आमनेसामने हुन लागेका हुन् ।
घरेलु मैदानमा बैंगलुरूले यस सिजन हालसम्म ३ खेल खेलेकोमा सबै खेलमा हार व्यहोरेको छ । ८ मध्ये ५ खेल जित्दै १० अंक बनाएको बैंगलुरू लिगको चौंथो स्थानमा छ ।
राजस्थानले ८ खेलमा केवल २ जितसहित ४ अंक मात्र जोडेको छ । उ लिगको आठौं स्थानमा छ । यस सिजिनको अघिल्लो भेटमा बैंगलुरूले राजस्थानलाई उसको घरेलु मैदानमा ९ विकेटले हराएको थियो ।
आईपीएल इतिहासमा यी दुई टोलीबीच ३२ खेल भएका छन । जसमा बैंगलुरूले १६ र राजस्थानले १४ खेल जितेको छ । २ खेल बिना नतिजा रद्द भएका छन् । चिन्नास्वामीमा भएका ९ भिडन्तमध्ये बैंगलुरूले ३ र राजस्थानले ४ खेल जितेको छ । यस मैदानमा भएका २ खेलमा नतिजा आएको थिएन ।
बैंगलुरूका लागी विराट कोहलीले ८ खेलमा ४ अर्धशतकसहित ३ सय २२ रन बनाएका छन् । कप्तान रजत पाटीदारले २ सय २१ रन र फिल सल्टले २ सय १३ रन बनाएका छन् । बलिङतर्फ जोश हेजलवुड १२ विकेटसहित अग्रस्थानमा छन् भने क्रुणाल पाण्ड्याले १० विकेट लिएका छन् ।
यस सिजन राजस्थान खराब लयमा छ । यशस्वी जायसवालले ८ खेलमा ३ सय ७ रन बनाएपनि अन्य ब्याटर चल्न सकेका छैनन् । बलिङमा वनिन्दु हसरंगाले ६ खेलमा ९ विकेट लिएका छन् । कप्तान सञ्जू स्यामसनले पेटको चोटका कारण आजको खेल गुमाउने पक्का भएको छ । उनको स्थानमा रियान पराग राजस्थानको कप्तानी गर्ने छन् ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











