तराईमा अत्यधिक गर्मी, सतकर्ता अपनाउन आग्रह
काठमाण्डौ । आज पनि मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो लहर अर्थात हिट वेभको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर तातो लहरको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।
केही दिनदेखि तराईका भेगमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी देखिएको र आज पनि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको हो । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, चर्को घाममा बाहिर ननिस्किन, हल्का तथा सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न अथवा टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच भोलि बेलुकीदेखि प्रिमनसुनी प्रणाली फेरि सक्रिय हुने र पानी पर्ने मौसमविदले बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागमा कार्यरत मौसमविद विनोद पोखरेलका अनुसार भोलि र पर्सि देशको पूर्वी र मध्य भेगमा पानी पर्नेछ ।
पर्सि सोमवार पूर्वदेखि पश्चिम चितवन र लुम्बिनीसम्म पानी पर्ने सम्भावना छ । सोमवार काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने मौसमविदले बताएका छन् । यसले बढ्दो तापक्रम नियन्त्रण गर्न सहयोग पुग्ने मौसमविदको अनुमान छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











