ताजा समाचार

रियल मड्रिडलाई स्तब्ध पार्दै बार्सिलोनाको पोल्टामा ‘कोपा डेल रे’ उपाधि

काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ ।।

गएराती भएको फाइनलमा खेलमा मड्रिडलाई ३–२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि हात पारेको हो ।

खेलको २८ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेको थिएन ।

दोस्रो हाफको ७० मिनेटमा केलियन एम्बाप्पेले बराबरी गोल फर्काए। त्यसको सात मिनेटमा औरेलियन टुअमानीले गोल गर्दै रियललाई अग्रता दिलाए।

त्यसपछि ८४ मिनेटमा फेरान टोरेसले गोल गर्दा निर्धारित ९० मिनेट बराबरीमा सकिएको थियो।

अतिरिक्त समयसहितको ११६ औं मिनेटमा जुल्स कोउन्डेले गरेको गोल निर्णायक भएपछि बार्सिलोनाले उपाधि जितेको हो।

खेलको अन्तिम समयतिर विवाद हुँदा रियलका एन्टोनियो रूडिगर, लुकास भाजक्वेज र ज्युड बेलिंघम रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org