काश्मीर हमलाको जावाफ भारतले जुनसुकै बेला दिन सक्ने
काठमाडौं । भारत र पाकिस्तानबीच तनाब बढेको छ । कश्मीरमा अघिल्लो साता भएको आतंकवादी आक्रमणपछि दुई देशको तनाव चुलिएको हो ।
यसैबीच पाकिस्तानले भारतीय जासुसी ड्रोन खसालेको दाबी गरेको छ । भारतले पाकिस्तानका रक्षा मन्त्रीको सामाजिक सञ्जाल एक्सको खाता भारतमा बन्द गरिदिएको छ ।
अप्रिल २२ मा जम्मू कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो । आक्रमणपछि, भारतले पाकिस्तानविरुद्ध सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारी सीमा बन्द गर्ने र भिसा सुविधा फिर्ता लिने निर्र्णय गरिसकेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार पाकिस्तानले पनि दुई देशबीचका सबै द्विपक्षीय सम्झौताहरू निलम्बन गर्ने, शिमला सम्झौतासहित, हवाई क्षेत्र र सीमाना बन्द गर्ने, व्यापार निलम्बन गर्ने र भारतलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
भारत जस्तै पाकिस्तानले पनि रक्षा सल्लाहकार र उनीहरूका सहयोगीहरूलाई देश छोड्न भनेको छ । भारतको कश्मीरका अधिकारीहरूले सो क्षेत्रमा रहेका आधाभन्दा बढी रिसोर्ट अस्थायी रूपमा बन्द गराएका छन् ।
सुरक्षा सावधानीका लागि ८७ वटा सरकारी अनुमतिमा चल्ने रिसोर्टमध्ये ४८ वटा बन्द गर्ने निर्णय लिइएको हो । उता भारतले आगामी २४–३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्न सक्ने पाकिस्तानले दाबी गरेको छ ।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले ३६ घण्टाभित्र भारतले पाकिस्तानमा सैन्य कारबाही गर्न सक्ने गुप्तचर जानकारी प्राप्त भएको बताएका हुन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












