शिक्षक र सरकारबीच नौ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाण्डौ। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच बुधबार साँझ ९ बुँदे सहमति भएको छ । सरकार र महासङ्घबीच विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा पनि सहमति भएको हो । सहमति भएसँगै शिक्षकहरूको आन्दोलन फिर्ता भएको र बिहीबारदेखि पठनपाठन शुरू हुने बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए ।
शिक्षामन्त्री पन्तले शिक्षकहरूको माग सम्बोधन गर्न वार्षिक ८ अर्ब रुपैयाँ दायित्व थपिने प्रष्ट पारे । जेठ १५ गते सम्म संसद बैठकबाट सहमतिका बुँदा अनुमोदन गरिने मन्त्री पन्तले पत्रकारलाई स्पष्ट पारे । सहमति सार्वजनिकीकरणका अवसरमा शिक्षा मन्त्री पन्त र गृहमन्त्री रमेश लेखकले आन्दोलनरत शिक्षकबीच भएको सहमति र अबको कार्यान्वयनको पाटो सम्बन्धमा प्रष्ट पारेका थिए । सरकार र शिक्षकबीच नौ बुँदे सहमति भएपछि सो सहमतिलाई आजै बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा शिक्षामन्त्री पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच सहमति भएको थियो । वार्तामा गृहमन्त्री रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पनि सहभागी थिए । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित सबै शैक्षिक गतिविधि ठप्प पारेर ३० दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका थिए ।
आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समिति सभापतिले प्रतिवद्धता व्यक्त गरेका छन् । एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले संयुक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
नेपाल शिक्षक महासंघले करिब एक महिनादेखि जारी राखेको आन्दोलन र विगतमा भएका सहमतिलाई ध्यानमा राखेर आफूहरुले विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गरेको संयुक्त प्रतिवद्धतामा उल्लेख छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












