१४५ प्रतिशत कर सम्बन्धमा वार्ता गर्न अमेरिकाले चीनसँग राख्यो प्रस्ताव
वासिङ्टन डीसी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको १४५ प्रतिशत करको बारेमा वार्ता गर्न अमेरिकाले चीनसँग सम्पर्क गरेको चिनियाँ सरकार मिडियासँग सम्बद्ध एक सामाजिक सञ्जाल खातालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसले व्यापार वार्ताका लागि चीनको खुलापनलाई सङ्केत गरेको छ ।
अमेरिकाले करको बारेमा छलफल गर्ने आशामा धेरै च्यानलहरूमार्फत चीनसँग सक्रिय रूपमा सम्पर्क गरेको खबरमा उल्लेख छ । चीनले अमेरिकी करहरूप्रति आफ्नो आक्रोश नियन्त्रण गर्न प्रयास गर्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्रको उदयलाई रोक्न नसक्ने बताएको छ ।
यद्दपि अमेरिकी करको प्रतिकार गर्न चीनले आफ्नो प्रचार संयन्त्रको उपयोग गर्नुका साथै १२५ प्रतिशत करबाट छुट पाउने अमेरिकी उत्पादनहरूको सूची तयार पारेको खबर बाहिरिएको छ । यी सूचीमा औषधि, माइक्रोचिप र जेट इन्जिनहरू समावेश छन् । चीनले अमेरिकासँगको व्यापार युद्धको प्रभाव कम गर्न यस्तो कदम चाल्न लागेको बताइएको छ ।
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाको नाम नलिइकन अन्तर्राष्ट्रिय वातावरणमा परिवर्तनहरू अनुकूलन गर्न कदम चाल्न अधिकारीहरूलाई आह्वान गरेको केही घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले चीनसँग सम्झौता गर्न सक्ने धेरै राम्रो मौका रहेको विश्वास व्यक्त गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











