१४५ प्रतिशत कर सम्बन्धमा वार्ता गर्न अमेरिकाले चीनसँग राख्यो प्रस्ताव
वासिङ्टन डीसी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको १४५ प्रतिशत करको बारेमा वार्ता गर्न अमेरिकाले चीनसँग सम्पर्क गरेको चिनियाँ सरकार मिडियासँग सम्बद्ध एक सामाजिक सञ्जाल खातालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसले व्यापार वार्ताका लागि चीनको खुलापनलाई सङ्केत गरेको छ ।
अमेरिकाले करको बारेमा छलफल गर्ने आशामा धेरै च्यानलहरूमार्फत चीनसँग सक्रिय रूपमा सम्पर्क गरेको खबरमा उल्लेख छ । चीनले अमेरिकी करहरूप्रति आफ्नो आक्रोश नियन्त्रण गर्न प्रयास गर्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्रको उदयलाई रोक्न नसक्ने बताएको छ ।
यद्दपि अमेरिकी करको प्रतिकार गर्न चीनले आफ्नो प्रचार संयन्त्रको उपयोग गर्नुका साथै १२५ प्रतिशत करबाट छुट पाउने अमेरिकी उत्पादनहरूको सूची तयार पारेको खबर बाहिरिएको छ । यी सूचीमा औषधि, माइक्रोचिप र जेट इन्जिनहरू समावेश छन् । चीनले अमेरिकासँगको व्यापार युद्धको प्रभाव कम गर्न यस्तो कदम चाल्न लागेको बताइएको छ ।
यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाको नाम नलिइकन अन्तर्राष्ट्रिय वातावरणमा परिवर्तनहरू अनुकूलन गर्न कदम चाल्न अधिकारीहरूलाई आह्वान गरेको केही घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले चीनसँग सम्झौता गर्न सक्ने धेरै राम्रो मौका रहेको विश्वास व्यक्त गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












