कवि ठाकुर बेलबासेको कविताकृति ‘चोटहरुको उत्सव’ को विमोचन
काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको नवितम् कविताकृति ‘चोटहरुको उत्सव’ कविता संग्रहको शुक्रबार विमोचन गरिएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उक्त कृतिको वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी, गायिका आनी छोइङ डोल्मा लगायतले विमोचन गरे ।
वरिष्ठ कवि, साहित्यकार एवम् संस्कृतिविद् तुलसी दिवसले ‘चोटहरुको कविता’ संग्रह पढेपछि चोटहरुले मान्छेलाई मान्छे बनाउँछ भन्नेमा आफू विश्वस्त भएको जनाउनु भयो । चोटहरु मानिसको जीवनमा अत्यन्त महत्वपूर्ण हुने जनाउँदै उहाँले चोट पाएपछि नै मान्छेको इतिहास नेपालमा मात्रै होइन, विश्वमै अम्मर बनेको दृष्टान्त प्रस्तुत गर्नुभयो । बेलबासेको कृति आफूलाई सार्थक लागेको बताउँदै उहाँले भन्नुभयो, “चोट परेपछि दुःखपीडा त लाग्छ नै, आँसु त चुहिन्छ नै तर आँसु चुहुनु पनि कहिलेकाहीँ हाँसोभन्दा बढी महत्वपूर्ण हुन्छ ।” उत्सव खुसी र रमाइलोको मात्रै होइन, चोटहरुको पनि हुन्छ भन्ने सन्देश ‘चोटहरुको उत्सव’ भन्ने कविता संग्रहले प्रष्ट पारेको पनि वरिष्ठ कवि दिवसले जनाउनु भयो । धेरै कवि तथा साहित्यकारहरु चोट खाएर असाधारण क्षमता भएको व्यक्ति भएर देश–विदेशमा नाम राखेको उहाँको भनाइ थियो ।
कृतिका समीक्षक शंकर तिवारीले ‘चोटहरुको उत्सव’ कृति मार्फत विचार र बिम्बमा खेल्ने क्षमता आफूले बेलबासेको कवितामा पाएको भन्दै प्रशंसा गर्नुभयो । बेलबासेका कविताहरुमा आशा र निराशाका कुराहरु, सहज र सरल प्रेम, वोधगम्य-अवोधगम्यलगायत समेटिएको तिवारीले प्रष्ट पार्नुभयो ।
लोकार्पित कृतिका कविताहरु कवि विश्व सिग्देल, मणि लोहनी, सोझो गाउँले, हेम प्रभास र शोभा अधिकारीले वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार शान्ता मानवी, पृथ्वी विचारका अभियन्ता झलक बस्नेत, राजकुमार बानियाँ, सोभित उप्रेतीलगायत दुईसय जनाको उपस्थिति रहेको थियो ।
कविताकृति सार्वजनिकीकरण समारोहमा आयोजक सुनसरी वाङमय प्रतिष्ठानको तर्फबाट कार्यक्रमको सुरुवातमा पूर्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै प्रष्ठिानका अध्यक्ष छविरमण सिलवालले कविताकृति प्रकाशन गर्ने अवसर दिएको भन्दै कवि बेलबासेलाई धन्यवाद दिँदै सम्मानपत्रले सम्मान गर्नुभयो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












