ताजा समाचार

‘कक्षा १२ को प्रश्नपत्र बाहिरिएको भन्ने सूचना भ्रामक र गलत हो’

काठमाडौं । आजदेखि सुरुभएको कक्षा १२ को वार्षिक परक्षाको प्रश्नपत्र बाहिरिएको भन्ने सूचना भ्रामक र गलत भएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले त्यसको खण्डन गरेको छ ।

बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै सम्पन्न भएको अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचना भ्रामक र गलत भएको जनाएको हो ।

साथै बोर्डले परीक्षाजस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखी भ्रम सिर्जना गर्नेमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायमा सूचनासमेत पठाएको जनाएको छ ।

आज, आइतबार भक्तपुर सूर्यविनायक नगरपालिकास्थित केही परीक्षाकेन्द्रमा प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि बोर्डले यसबारे प्रेस विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org