ताजा समाचार

ललितपुरमा कार दुर्घटना ३ जना घाइते, एकको अवस्था गम्भिर

काठमाडौं । ललितपुरको हात्तीवन ओरालोमा गएराति तीव्र गतिको कार बिजुलीको पोलमा ठोक्किँएर दुर्घटनाग्रस्त भएको छ । गएराति चालकले मादक पदार्थ सेवन गरेर चलाएको कार दुर्घटना हुँदा तीनजना घाइते भएका हुन्।

प्रहरिले दिएको जानकारी अनुसार गएराति सवा ११ बजेतिर हात्तीवनबाट सातदोबाटोतर्फ आउँदै गरेको बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको थियो।

‘घाइते हुनेहरुमा ललितपुरकै गोदावरी नगरपालिका–३ का विशाल विक, गोदावरी कै ४० वर्षीय अमरध्वज पौडेल र २९ वर्षीय मोसेर लामिछाने रहेका छन् । उनिहरु मध्ये विशालको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको पाटन अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको कारका चालक काठमाडौं महाँकाल घर भएका रूपक सापकोटालाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको जनाएको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org