ताजा समाचार

धनकुटामा बस दुर्घटनाः एकजनाको मृत्यु, १४ जना घाइते

काठमाडौं । धरानबाट भोजपुर जाँदै गरेको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ ।

आज बिहान १०ः१५ बजेतिर कोशी लोकमार्ग अन्र्तगत धनकुटा नगरपालिका–६ गोठगाँउस्थित सडकबाट तल खस्दा दुर्घटना भएको हो । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइते मध्ये तीन जनाको अवस्था निकै गम्भिर रहेको पनि प्रहरीले पुष्टि गरेको छ ।

घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको हो । बाँकि घाइतेहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा रहेका छन्।

त्यस्तै, भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी टविक, धनकुटाको साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार विक पनि घाइने भएको प्रहरीले उल्लेख गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org