रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि क्रुर यातना, प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं । रौतहटको एक सुधार केन्द्रमा एक जना व्यक्तिमाथि निर्घात कुटपिट गरी चरम यातना दिएको भिडिओ भाइरल भएपछि प्रहरीले यस घटनाको बारेमा अनुसन्धान थालेको छ ।
जिल्लाको गौर नगरपालिका–४ स्थित सञ्चालित राइजिङ नेपाल सुधार केन्द्रमा एक किशोरलाई निर्मम तरिकाले यातना दिएको भिडिओ सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेको ४१ सेकेन्डको भिडियोमा एक किशोरलाई तीन जनाले समातेर भुईँमा लडाएर निर्घात कुटपिट गरेको देखिएको छ।
भाइरल बनेको भिडिओमा एक जनाले पाइप जस्तो देखिने सेतो वस्तुले ती किशोरको दुई वटै खुट्टाको पैतालामा निर्ममतापूर्वक कुटिरहेको देखिन्छ ।
कुट्दा ती व्यक्तिको चिच्याहटको आवाज बाहिर नजाओस् भनेर पृष्ठभूमिमा साउन्ड (डिजे)बजाइएको छ । सार्वजनिक भएको भिडिओ सामाजिक सञ्जालमा शेयर गर्दै धेरैले कुट्ने र कुट्नका लागि सहयोग गर्ने सबैलाई अविलम्ब कार्यवाहीको माग गरेका छन्।
सुधार केन्द्रमा किशोरीमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा छ्याप छ्याप् ती भाइरल भएपछि यस घटनालाई जिल्ला प्रहरी कार्यालय रौतहट गम्भीर रूपमा लिँदै अनुसन्धान थालेको छ।
घटनापछि सुधार केन्द्रका सञ्चालकलाई अहिले जिल्ला प्रहरी कार्यालय गौरमा बोलाएर अनुसन्धान गर्ने काम भइरहेको रौतहट प्रहरीको प्रवक्ता एवं जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दीपक कुमार रायले जानकारी दिए।
अनुसन्धानपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी नायव उपरीक्षक रायले बताए। घटना बारे अहिले वास्तविकता बुझिरहेको र अनुसन्धान भएपछि मात्र कसले र किन ती व्यक्तिलाई कुटेको हो भनी कुरा खुल्ने उनले बताए ।
सुधार केन्द्रमा भर्ती भएका किशोरलाई निर्मम तरिकाले कुटपिट गर्ने तथा चरम यातना दिने व्यक्तिहरूलाई कडा कार्यवाही गरिने उनले बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












