ताजा समाचार

‘चोकै पिच्छे सहिद गेट बनाउँनेले झापामा बनेको बिजनेश टावरको विरोध नगर्नु’

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले झापामा बनेको भ्युटावरालाई लिएर गीत गाँउने गरेको बताएका छन् । झापा, मोरङ, सुनसरीको जनसंख्या लगभग ३० लाख छ, पानि ट्याङ्की, शिलगुडी जस्ता छिमेकी देशका सहर नजिक रहको र त्यसबाट झापाको उक्त भ्यु टावर सहजै सञ्चालन गर्न सकिने बताउँदै, भ्यू टावरलाई लिएर गीत नगाउँन आग्रह गर्दै यस्तो बताएका हुन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेताले झापा बनेको एउटा भ्यु टावरको बारेमा गित गाउँने गरेको बताएका हुन् ।

उनले भने, ‘यो झापामा एउटा विजनेश टावर बनेको छ, सबैले गीत गाई रहनु भएको छ । संसदमा पनि बडा मिठो गीत आउँछ यसको, पानी जहाजको, हिजो पनि प्रमुख प्रतिपक्षी दलको नेता(प्रचण्ड)ले बोल्नु भयो’ ।

त्यस्तै उनले प्रचण्डका पालामा बनेको बजेटको विनियोजन हेर्दा देशभरि ७७ वटै जिल्लामा भ्युटावर खडा गरेको आरोप लगाएका छन् ।  । उनले भने‘ मैले हिजो विगतका वर्षको विनियोजन हेरे, उहाँहरुको पालामा देशभरि ७७ जिल्ला घुम्दा चाहे त्यो लिवाङभन्दा माथिको सातदोवाटो होस्, अथवा कालिकोटको माथि डाँडामा होस् भ्यु टावर खडा भएको छ । कस्ले बनायो भन्दा माओवादीले भन्छन् जनताले ।’

सभामा बोल्दै उनले थपे, बाटै पिच्छे तीनचार किलोमिटरकोबिचमा सहिद गेट बनाउँदा सहि भएको र एउटा विजनेश टावर बनाउँदा विरोध मात्रै गरेको उनको भनाई छ । सहिदहरु प्रति आफ्नो सम्मान भएको बताउँदै त्यस्ता आयोजनाले के प्रतिफल नदिने उनको भनाई छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org