‘चोकै पिच्छे सहिद गेट बनाउँनेले झापामा बनेको बिजनेश टावरको विरोध नगर्नु’
काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले झापामा बनेको भ्युटावरालाई लिएर गीत गाँउने गरेको बताएका छन् । झापा, मोरङ, सुनसरीको जनसंख्या लगभग ३० लाख छ, पानि ट्याङ्की, शिलगुडी जस्ता छिमेकी देशका सहर नजिक रहको र त्यसबाट झापाको उक्त भ्यु टावर सहजै सञ्चालन गर्न सकिने बताउँदै, भ्यू टावरलाई लिएर गीत नगाउँन आग्रह गर्दै यस्तो बताएका हुन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेताले झापा बनेको एउटा भ्यु टावरको बारेमा गित गाउँने गरेको बताएका हुन् ।
उनले भने, ‘यो झापामा एउटा विजनेश टावर बनेको छ, सबैले गीत गाई रहनु भएको छ । संसदमा पनि बडा मिठो गीत आउँछ यसको, पानी जहाजको, हिजो पनि प्रमुख प्रतिपक्षी दलको नेता(प्रचण्ड)ले बोल्नु भयो’ ।
त्यस्तै उनले प्रचण्डका पालामा बनेको बजेटको विनियोजन हेर्दा देशभरि ७७ वटै जिल्लामा भ्युटावर खडा गरेको आरोप लगाएका छन् । । उनले भने‘ मैले हिजो विगतका वर्षको विनियोजन हेरे, उहाँहरुको पालामा देशभरि ७७ जिल्ला घुम्दा चाहे त्यो लिवाङभन्दा माथिको सातदोवाटो होस्, अथवा कालिकोटको माथि डाँडामा होस् भ्यु टावर खडा भएको छ । कस्ले बनायो भन्दा माओवादीले भन्छन् जनताले ।’
सभामा बोल्दै उनले थपे, बाटै पिच्छे तीनचार किलोमिटरकोबिचमा सहिद गेट बनाउँदा सहि भएको र एउटा विजनेश टावर बनाउँदा विरोध मात्रै गरेको उनको भनाई छ । सहिदहरु प्रति आफ्नो सम्मान भएको बताउँदै त्यस्ता आयोजनाले के प्रतिफल नदिने उनको भनाई छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











