‘भारतीय सेनाका पाँच लडाकु विमान र एक ड्रोन खसाल्यौ’: पाकिस्तान
काठमाडौं । भारतीय आक्रमणको जवाफमा पाकिस्तानी सेनाले पाँच भारतीय लडाकु विमान र एक ड्रोन खसालेको दाबी गरेको छ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर)का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बुधबार जानकारी दिँदै भनेका छन्, ‘शत्रुको आक्रामकताको जवाफमा पाकिस्तानी सेनाले तीन राफेल, एक मिग–२९, एक एसयू विमान र एक हेरोन ड्रोन खसालेको छ।’ उनले थपे, ‘पाकिस्तानी वायुसेनाले रक्षा प्रणाली सक्रिय गरी भारतीय विमानलाई हवाई क्षेत्रमा प्रवेश गर्न रोकेको छ। पाकिस्तानले आफ्नो समय र स्थानमा जवाफ दिनेछ।’
जनरल चौधरीले भने, ‘पाकिस्तानी वायुसेनाले यी जेटहरू खसाल्यो जब उनीहरूले हतियार छोडेपछि मात्र पाकिस्तानमाथि आक्रमण गरे। पाकिस्तानी सेनाले उनीहरूका १० भन्दा बढी विमानहरूमाथि गोली हान्न सक्थ्यो तर हामीले संयम अपनायौं।’
२२ अप्रिलमा भएको पहलगाम आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो। त्यसले भारत र पाकिस्तानबिचको तनाव बढाएको छ। आक्रमणपछि भारतले पाकिस्तानलाई दोष दिए र बदला लिने वाचा गरेको थियो । सोही अनुसार भारतले मंगलबार राति ‘अपरेशन सिन्दूर’ सुरु गरेको हो।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












