एनआरएनए विवादमा ओलीको कडा सन्देश, महेश श्रेष्ठ के गर्लान ?
काठमाडाैं । गैरआवासी नेपाली संघ (एनआरएनए)को विवादमा प्रधानमन्त्री केपी ओलीले कडा कदम चालेका छन् ।
सत्ता गठबन्धनमा रहेको कांग्रेसले आफू निकट महेश श्रेष्ठलाई एकलाैटी अध्यक्ष चयन गराएपछि प्रधानमन्त्री ओलीले बद्रि केसी नेतृत्वको टोलीलई नै एनआरएनएको वैधता दिएको संकेत गरेका छन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले माओवादी केन्द्रसहितका केहि दलहरुसंग मिलेर एकताको महाधिवेशन सार्न आफैले दिएको निवेदनविरुद्ध गई महेश श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत बनाएको नाटक मञ्चन गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटारबाटै यस्तो सन्देश दिएका हुन् ।
एकताको महाधिवेशन सार्ने पक्षमा रहेकी आरजुले अन्तिममा परराष्ट्र मन्त्रालतले सर्वोच्चमा दिएको निवेदन फिर्ताको अर्को निवेदन नै दिएर महाधिवेशन गराएपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । आआरजुले उद्घाटन गरेको कार्यक्रमको समापनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी बनेका थिए भने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि उपस्थित भएका थिए ।
उसोतः यसअघि एनआरएको महाधिवेशनमा राष्ट्रपति वा प्रधानमन्त्री प्रमुख अतिथि बन्ने परम्परा देखिन्छ । तर, शेष घलेले फेस सेभिङ गर्न आरजुलाई उपस्थित गराएर महाधिवेशन गराएका हुन् ।
उसोतः परराष्ट्रले महेश श्रेष्ठको टिमलाई वैधता दिएपनि प्रधानमन्त्री ओलीले यसको वास्ता गरेका छैनन् । बालुवाटारबाटै बद्रि केसीलाई वैधता दिएको सन्देश दिएका छन् ।
उसोतः एनआरएन विवादको छिनोफानो सर्वोच्चको पूर्ण इजलासबाट हुने भएको छ । त्यतिञ्जेल एमाले निकट बद्री र कांग्रेस निकट महेश नेतृत्वका दुवै कमिटीले आफू आधिकारिक रहेको दाबी गरिरहेका छन् ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











