पाटनमा उच्च सरकारी वकिल कार्यालयको भवन महान्यायधिवक्ता बडालले गरे शिलान्यास !
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकिल कार्यालय, पाटनको नयाँ भवनको शिलान्यास गरेका छन् । आज २५६९ औं बुद्धजयन्तीको अवसरमा लगभग २६ करोडको लागतमा बन्ने उक्त नयाँ आधुनिक र सुविधा सम्पन्न साततले भवनको शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास गर्दै बडालले, सरकारी वकिल कार्यालयको भवन निर्माण सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, ‘पाटनको भवन निर्माण महत्वपूर्ण उपलब्धि हो, कामकाजमा सहज हुनेछ, कार्यालयको भवन निर्माण समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न जरुरी छ।’
त्यस्तै, उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कामको बोझलाई ध्यानमा राख्दै नयाँ भवन निर्माणले कार्यमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् ।
पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्रीले भवन शिलान्यासको चरणसम्म पुग्न जग्गा प्राप्ति, भवनको डिजाइन, डिपिआर र स्रोत सुनिश्चिततामा सहयोग गर्ने सबै सरोकारवाला निकाय, पदाधिकारी र महान्यायाधिवक्ताको कार्यालयलाई धन्यवाद दिए ।
शिलान्यास कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ताहरु डा. टेक बहादुर घिमिरे , सञ्जीव रेग्मी, लोकराज पराजुलीका साथै सहन्यायाधिवक्ताहरु सुर्यराज दाहाल, उद्धब पुडासैनी, गोविन्द खनाल सहित उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, ललितपुरका प्रमुख जिल्ला अधिकारी, उच्च अदालत पाटनका न्यायाधीश, रजिष्ट्रार, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, उच्च अदालत पाटन बार इकाईका अध्यक्षलगायत उपस्थित रहेको थियो ।

Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












