अमेरिका र चीनबीच आयातमा लगाइएको कर घटाउने सम्झौता
वासिङ्टन डीसी । अमेरिका र चीन एकअर्काका आयातमा लगाइएका कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनका लागि पारस्परिक कर ११५ प्रतिशत घटाउने बताएका छन्।
स्विट्जरल्यान्डमा भन्सार शुल्कबारे अमेरिका र चीनबीच वार्ता भएको थियो। त्यो छलफलपछि सोमबार यो सम्झौता घोषणा गरिएको हो। बेसेन्टले वार्तालाई ‘उत्पादक र रचनात्मक’ भनेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा भारी भन्सार महसुल लगाएपछि दुई देशबीच भएको यो पहिलो बैठक हो।
ट्रम्पले चिनियाँ आयातमा १४५ प्रतिशतसम्म भन्सार शुल्क लगाए भने चीनले केही अमेरिकी उत्पादनमा १२५ प्रतिशतसम्म कर लगाएको छ। यी भारी शुल्कले वित्तीय बजारमा उथलपुथल निम्त्यायो र विश्वव्यापी मन्दीको डर बढायो।
सहमतिसँगै अब चिनियाँ आयातमा अमेरिकी भन्सार ९० दिनका लागि ३० प्रतिशतमा झर्नेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार १० प्रतिशतमा झर्ने बीबीसीले जनाएको छ।
Comments
अरु समाचार
-
रास्वपा प्रथम महाधिवेशन आजदेखि, प्रधानमन्त्री शाह र पार्टी सभापतिले सम्बोधन गर्दै
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











