सगरमाथा संवाद: विश्वका ६१ बढी विकास सहायता संस्थाहरू सहभागी हुँदै
काठमाडौं । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा विभिन्न मुलुकका १ सय ७५ जना प्रमुख तथा प्रतिनिधिसहित ६१ बढी विकास सहयता संस्था, विश्वविद्यालय, सोध केन्द्र, नागरिक समाज र गैरसरकारी संस्थाहरूको सहभागिता हुने भएको छ ।
जेठ २ देखि ४ गतेसम्म काठमाडौंको सोल्टी होटलमा हुने सगरमाथा संवाद सम्बन्धी जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा १२ देशबाट उच्चस्तरीय प्रतिनिधि मण्डलसहित विश्वका विभिन्न मुलुकका १ सय ७५ जना प्रतिनिधीहरुको सहभागिता रहने जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी विश्वव्यापी छविलाई उचित रुपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गारिन ।
परराष्ट्रमन्त्री डा. राणाले सगरमाथा संवाद नेपालका लागि मात्र नभई सबैका राष्ट्रका लागि विश्वव्यापी मञ्चको रुपमा एक महत्वपूर्ण अवसर पनि भएको बताईन् ।
परराष्ट्रमन्त्री डा. राणाले यस सगरमाथा संवादको पहिलो संस्करणलाई ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ हयुमानीटी’ भन्ने थिमका साथ तीन दिनको छलफल तथा साइडलाइन वार्ताहरू मूल ६ वटा विषयमा केन्द्रित हुने जानकारी दिईन् ।
यस्तै तीन दिनको बहू स्तरीय, बहुपक्षीय छलफलको निष्कर्षमा आधारित काठमाडौँ घोषणा पत्र समेत जारी गरिने भएको छ ।
संवादको पहिलो दिन उद्घाटन समारोहमा आमन्त्रित विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने संवादको मुख्य औपचारिक कार्यक्रम रहेको छ । उक्त समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी, कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने तथा चीन र भारतका तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुनाहरू र सिओपी २९ का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यस्तै संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिवले पठाएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ । यो कार्यक्रम जेठ २ गते शुक्रबार बिहान ९ः३० मा सुरु हुने र डेढ घण्टापछि ११ बजे सम्पन्न हुने छ ।
यसैगरी, अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो पूर्ण सत्र राखिएको छ । संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय सङ्गठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ । हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ भने प्रत्येक प्रतिनिधिमण्डललाई पाँच मिनेट बोल्ने समय दिइने छ ।
कार्यक्रम ११ः३० मा सुरु भई अपराह्न १ः३० बजे सकिने छ ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











